२३ असार २०८३, मंगलवार
,
Latest
अर्थमन्त्रीको दाबीः सरकारले सय दिनमा अभुतपूर्व काम गरेको छ लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी नेताहरु जनताको जीवन रक्षार्थ लाग्नुस्ः नेता शर्मा



अ+ अ-

कर्णाली । नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्माले कोभिड–१९ को संक्रमणबाट जनताको जीवन रक्षा गर्न पार्टीका सम्पूर्ण शक्ति परिचालन गर्न निर्देशन दिनुभएको छ । 

कर्णाली प्रदेशअन्तर्गत माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा संयोजकहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै इञ्चार्ज शर्माले स्वास्थ्यकर्मीसहितको स्वयंसेवक टोली बनाएर वडावडामा परिचालन गर्न आग्रह  गर्नुभयो ।   

पूर्वमन्त्री शर्माले भन्नुभयो,“जनताको जीवन रक्षा नै यतिबेलाको मुख्य काम हो । अरु सबै कुरा थाती राखेर कोभिड–१९ विरुद्ध पार्टीको सबै शक्ति लगाउनुस् । प्रदेशको नयाँ बजेट कोभिड–१९ नियन्त्रण हुने गरी जनहितमा केन्द्रित गर्न म प्रदेश सरकारलाई आग्रह गर्दछु ।”

उहाँले हाल प्रदेश मातहतमा रहेको कर्णाली प्रादेशिक अस्पताललाई संघअन्तर्गत राख्ने तयारीका साथ गरिएको निर्णय गलत भएको पनि बताउनुभयो । संघीय सरकारले अस्पताललाई सहयोग गर्ने कुरा स्वागतयोग्य भए पनि प्रदेशको अधिकार खोसेर संघ मातहतमा ल्याउन कदापि उपयुक्त नहुने उहाँको धारणा थियो । 

भर्चुअल बैठकमा प्रदेश संयोजक मायाप्रसाद शर्मासहित रुकुम(पश्चिम), जाजरकोट, जुम्ला, मुगु, हुम्ला र  कालीकोटका अध्यक्ष क्रमशः गोपाल शर्मा, ढकवीर राना, वीरबहादुर कुँवर, सुकवीर बुढा, लालकेश जैसी र धनजीत शाही तथा डोल्पा, दैलेख, सुर्खेत र सल्यानका संयोजक क्रमशः मालबहादुर रोकाय, प्रेम कटुवाल, कृष्ण जिसी र कर्णबहादुर बुढाथोकीले जिल्लाको परिस्थितिबारे रिपोर्टिङ गर्नुभएको थियो ।