१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डले एमालेको रकम खाएर पनि हिसाबकिताब बुझाएनन्– ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँगको एकता वास्तविक नभएको बताएका छन् ।

जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै ओलीले माओवादीसँग एमालेको एकता तेल र पानी जस्तो रहेको बताएका हुन् ।

नेकपा निर्माणपछि पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी जीवितै राखेको आरोप लगाउदै ओलीले भने, ‘माओवादीसँग एकता भनिए पनि वास्तविक एकता भएन । तेल एकातिर पानी अर्कोतिर भयो । मिक्स अप नै हुन सकेन हुनै दिइएन । प्रचण्डले आफ्नो पार्टीका बैठकहरु गरिरहे । आफ्नो पार्टी जीवितै राखिरहे ।’

ओलीले प्रचण्ड एमालेको रकममा चलेर एक पैसाको पनि हिसाबकिताब नबुझाएको आरोप लगाए । ओलीले भने, ‘उनले पार्टीमा हिसाबकिताब बुझाएनन् । एमालेको रकममा चले । एमालेको रकम खाए, पिए सबै गरे । तर, एमालेमा एक पैसा दाखिल गरेनन् । बैंकमा भएको डिपोजिट पनि दाखिल गरेनन् । सबै आफैंसँग राखे ।’