१२ आश्विन २०८१, शनिबार
,
Latest
राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्न जरुरी छः सभामुख घिमिरे लगानी गर्ने वातावरणलाई खुला छोडिदिनुपर्छ : पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे हनुमन्ते खोलाले ग्यास बुलेट बगायो, च्यासलमा जोखिम पृथ्वी र त्रिभुवन राजमार्गका कयौं ठाउँमा पहिरो, यातायात अवरुद्ध कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक ‘एक्याप’को ‘अनलाइन’ तस्बिर प्रतियोगितामा श्रेष्ठ प्रथम खोलाले बगाएर झापामा तीन जना बेपत्ता पहिराले पृथ्वीराजमार्ग अवरुद्ध ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा प्रेस चौतारीको तालाबन्दी



अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा प्रेस चौतारी गण्डकी प्रदेश समितिले तालाबन्दी गरेको छ । पत्रकार महासंघ गण्डकी प्रदेशले साउन १० गते गरेको शुद्धीकरणको निर्णयमा असहमति जनाउँदै प्रेस चौतारी गण्डकी प्रदेश समितिले शुक्रबार विज्ञप्ती बुझाउँदै महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।

शुद्धीकरणको मापदण्ड विपरीत गण्डकी प्रदेश समितिले सिफारिस गरेको नामावलीप्रति गम्भिर असहमति जनाउँदै प्रदेश कार्यालयमा तालाबन्दी गरिएको प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष इन्द्र पौडेलले बताए ।

‘प्रदेश समितिले पत्रकारिता गरिरहेकालाई विभिन्न बाहना बनाएर हटाउने र राजनीतिक कार्यकर्तालाई अनेक तरिकाबाट सिफारिस गरेको छ,’ उनले भने, ‘राजनीतिक पुर्वाग्रहीका साथ अघि बढेको प्रदेश समितिलाई गल्ती सच्याउन पटकपटक आग्रह गर्दा एकपक्षीय रुपमा अगाडी बढेकाले प्रेस चौतारी महासंघको गण्डकी प्रदेश कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्न बाध्य भएका छौं ।’

प्रदेश समितिले नविकरणको राजनीति गरेर स्वच्छ पत्रकारितालाई धमिलो बनाउने काम गरेको प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले आरोप लगाए । शुद्धीकरणका १५ बुँदै मापदण्ड नगरी मनपरी रुपमा चौतारीका सदस्यलाई बाइपास गर्न खोजेको उनको आरोप छ ।

‘जिल्लाले पठाएको शुद्धीकरणमा प्रदेशबाट न्याय होला भनेको त जिल्लाबाटपठाएको नामहरुबाट मनपरी रुपमा काटे छ । चौतारीका सदस्यलाई पाखा लगाउने काम गरेको छ,’ उनले भने, ‘प्रदेशको त्यो निर्णयबाट कुनै पनि संगठन खुसी छैनन् ।’

पत्रकार महासंघ कास्कीले शुद्धीकरणको मापदण्डभित्र पर्ने भन्दै २ सय १६ जनाको नाम सिफारिस गरेको थियो । प्रदेश समितिले जिल्लाको सिफारिसमा परेका नामलाई थपघट गर्दै १ सय ८४ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो ।