१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा सफल व्यवसाय गर्नेले जुनसुकै देशमा गएर व्यापार गर्नसक्छ: सांसद चौधरी



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले नेपालमा सफल रुपमा व्यवसाय गर्नेले विश्वका जुनसुकै देशमा गएर व्यापार गर्नसक्ने बताउनुभएको छ ।

बिहीवार उद्योग परिसंघ युवा उद्यमी मञ्चको वार्षिक साधरण सभामा बोल्दै सांसद चौधरीले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा व्यापार गर्न विभिन्न जटिलता र काम गर्ने शैलीले अफ्ठ्यारो रहेको भन्दै त्यो जटिलतामा बिजनेस गर्नेले विश्वका जुनसुकै देशमा पनि व्यापार गर्नसक्ने बताउनु भयो ।

उहाँले सरकारले नेपालमा नै केही गर्न चाहने युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा स्टार्टअप उद्यमको लागि भविष्य राम्रो रहेको भन्दै इनोभेसन नलेज भएका युवाहरुले क्यानडा र अष्टे«लिया जाने मानसिकता परिवर्तन गर्नुपर्ने बताउनु भयो। उहाँले क्यानडा,अष्ट्रिेलिया गएर टेक्नोलोजीको क्षेत्रमा काम गर्ने मानसिकता बनाएका युवाहरु नेपालमा नै बस्ने उत्तम उद्यम भनेको स्टार्टअप भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘युवाहरुलाई उद्यमी बनाउने भन्दै विभिन्न समयमा सरकारले ४ देखि ५ वटा स्टार्ट अफ फण्डको व्यवस्था समेत घोषणा गर्‍यो । कुनै श्रम मन्त्रालय अन्तर्गत,कुनै प्रधानमन्त्री रोगजार कार्यक्रममार्फत भयो । एउटा प्लानिङ कमिसनको नाममा ५० करोड रुपैयाँ दियो प्राइमरि इकुटीमा चेक गर्नको लागि भनेर । मलाई जहाँसम्म ज्ञान छ । त्यो कुरा वास्तविक युवा उद्यमीहरुमा प्रयोग भएन ।’

‘कयौं ठाउँमा ल्याप्स नै भए । मेरो अनुरोध सरकारले यस्ता खालका फण्डहरुलाई एकीकृत गरेर त्यसको पूर्णरुपमा इको सिस्टम विल्ड गर्नुपर्छ । पुँजी लिएर बस्दा पनि काम गर्नलाई राम्रो योजना पाउँदैन । त्यत्तिकै बाँड्ने होइन । स्टार्टअप उद्यमशीलताको भविष्य राम्रो छ । नेपालमा केही पनि हुँदैन । बाहिर क्यानडा,अष्ट्रिेलिया जाने युवाहरुको मानसिकता छ । त्यसको उल्टो पाटो भनेको स्टार्टअप उद्यम हो । नेपालमा सफलतापूर्वक विजनेस गर्ने मान्छेले विश्वमा जहाँ पनि गर्नसक्छ । नेपालका विभिन्न जटिलता र काम गर्ने शैलीले अफ्ठ्यारो छ ।’

उहाँले सरकारले विगतमा घोषणा गरेका स्टार्टअप फण्डहरुलाई एकीकृत गरी इको प्रणालीमा ल्याउनुपर्ने बताउनु भयो। उहाँले विगतमा सरकारले विभिन्न समयमा गरेका स्टार्टअप फण्डहरु त्यत्तिकै खारेज भएको समेत बताउनु भयो। उहाँले सरकारले घोषणा गरेका फण्डहरुलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले स्टार्टअप उद्यमीहरुले काम गर्न पुँजी लगानी गर्दा समेत राम्रो योजनाहरु पाउन नसकेको बताउनु भयो।