२३ असार २०८३, मंगलवार
,
Latest
करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल चेम्वर अफ कमर्सद्धारा  स्वास्थ सामाग्री उपलब्ध



अ+ अ-

काठमाडौं । नेपाल चेम्वर अफ कमर्शले स्वास्थ सामाग्रीहरु हस्तान्तरण गरेको छ । चेम्वरका अध्यक्ष श्री राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाइ स्वास्थ सामाग्रीहरु हस्तान्तरण हुन् । 

अस्पतालका तर्फबाट डा. राजेश शाहले उक्त सामाग्रीहरु ग्रहण गर्दै बिगतमा पनि यस्तै सामाग्रीहरु सहयोग गरेकोमा चेम्वरलाइ धन्यबाद ज्ञापन गर्नु भएको थियो । 

यस्तै चेम्वरका अध्यक्ष श्री मल्लले त्रिबि शिक्षण अस्पतालको आकस्मिक कक्षलाइ पनि स्वास्थ सम्वन्धी सामाग्रीहरु हस्तान्तरण गर्नु भएको थियो । त्रिबि शिक्षण  अस्पताल आकस्मिक कक्षको तर्फबाट प्रा.डा.योगेन्द्रमान शाक्यले सामाग्री ग्रहण गर्नु भएको थियो । 

म्वरका अध्यक्ष श्री मल्लले राधास्वामी अक्सीजन थेरापी आइसोलेशन सेन्टर गौंगवुको लागि पनि स्वास्थ सम्वन्धी सामाग्रीहरु उक्त केन्द्रका तर्फबाट नेपाली सेनाका डा.क्याप्टेन मुक्तीनाथ शाखीलाइ हस्तान्तरण गर्नु भयो ।  

हस्तान्तरण गरिएका सामाग्रीहरुमा पिपिइ सेट,सर्जिकल मास्क,सर्जिकल पन्जा, स्यानीटाइजर तथा सिटामोल रहेका छन । अध्यक्ष मल्लले चेम्वरले केही दिनमा सरकारी अस्पतालहरुलाइ अक्सिजन सिलिण्डर र कन्सन्टे«ट उपलब्ध गराइने तयारी हुंदै गरेको बताए ।

उक्त अवसरमा चेम्वरका उपाध्यक्ष तथा नेपाल चेम्वर कोभिड व्यवस्थापन समितिका संयोजनक श्री दीपक कुमार मल्होत्रा, चेम्वरका उपाध्यक्ष श्री सुरेन्द्र कुमार श्रेष्ठ तथा कार्य समिति सदस्य श्री नवराज ढकालको पनि उपस्थिति रहेको थियो ।