३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सबै जिल्लामा केन्द्रीय सदस्य खटाउँदै कांग्रेस

सबै जिल्लामा केन्द्रीय सदस्य खटाउँदै कांग्रेस
कांग्रेस केन्द्रीय समिति बैठक । फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्यलाई खटाउने भएको छ । पार्टी संगठन सुदृढीकरणका लागि केन्द्रीय सदस्यलाई दुई चरणमा जिल्लामा खटाउन लागिएको बताइएको छ ।

पार्टी केन्द्रीय समितिको निर्णयअनुसार दुई चरणमा गरिने कार्यक्रम फरक फरक प्रकृति र उद्धेश्यका छन् । पार्टीको आन्तरिक सांगठनिक सुदृढीकरण र राष्ट्रव्यापी अभियानका लागि केन्द्रीय सदस्यहरुलाई जिल्ला तोकेर जिम्मेवारी दिन लागिएको छ ।

पहिलो चरणमा जिल्ला जाने केन्द्रीय सदस्य पूर्णरुपमा पार्टीको आन्तरिक संरचनाका लागि कार्य गर्नेछन् । महामन्त्री गगन थापाका अनुसार यस अवधिमा पार्टीको आन्तरिक कार्यमा केन्द्रीय सदस्यहरुले जिम्मेवारी निर्वाह गर्नेछन् ।

सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्मको समय तोकिएको छ । अपूर्ण रहेको कार्यसमिति छ भने सबै संरचनामा पूर्णता दिने कार्य हुन्छ थापाले बताउनुभयो । “बैठक बस्न लगाउने, रिपोर्टिङ लिने, सम्मेलन भएको छैन भने मिति तोक्न लगाउने, सम्मेलन भएको रहेछ भने रिपोर्ट दिन लगाउने कार्य केन्द्रीय सदस्यहरुले गर्नुहुन्छ”, उहाँले भन्नुभयो ।

केन्द्रमा बनेको जस्तै वार्षिक क्यालेण्डर बनाउन लगाउने जिम्मेवारी पनि केन्द्रीय सदस्यलाई दिइने छ । “केन्द्रीय सदस्यहरुले भ्रातृ संस्था, शुभेच्छुक संस्था, विभागलाई सबैलाई पूर्णता दिन लगाउने काम गर्नुहुन्छ । नयाँ क्रियाशील वितरण, नवीकरण, अनलाइन प्रणाली जानकारी गराउने र कार्यान्वयनमा अघि बढाउने काम हुन्छ”, महामन्त्री थापाले भन्नुभयो ।

यही साउन २ गतेदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकले प्रत्येक गाउँ वा नगर समितिले ‘सेवा दल’ बनाउने निर्णय गरेको थियो । सेवा दलको कार्यविधि जिल्ला खटिने प्रतिनिधिले केन्द्रबाट लगेका हुन्छन् । त्यसअनुसार सेवा दल गठनको प्रक्रिया सुरु गराउन सहजीकरण केन्द्रीय सदस्यहरुले गर्नेछन् ।

पार्टीभित्र विवादका कारणले आन्तरिक संरचनामा परेको समस्या समाधान गर्न केन्द्रीय सदस्यले भूमिका खेल्ने छन् । “अनुशासनको सिफारिस गर्न पाए पनि अन्तिम निर्णायक तलको समिति हुँदैन,’ महामन्त्री थापाले भन्नुभयो, “प्रतिनिधि भएर खटिएको केन्द्रीय सदस्यले समाधान गर्न सकिनेलाई मिलाउँछन् । आफूले टुंगाउन नसक्ने अवस्था भए केन्द्रमा रिपोर्ट ल्याउँछन् ।’

त्यसैगरी दोस्रो चरणको अभियान भदौ १० देखि २४ गतेका लागि तोकिएको छ । यस अवधिमा नागरिकसँग जोडिएर केन्द्रीय सदस्यहरुले गतिविधि गर्नुपर्ने हुन्छ ।

दोस्रो चरणलाई समुदायमा आधारित ‘राष्ट्रव्यापी अभियान’ भनिएको छ । महामन्त्री थापाले भन्नुभयो, “केन्द्रीय सदस्य समुदायमा जाने नागरिकसँग प्रत्यक्ष कुराकानी गर्ने र उनीहरुको कुरा सुन्ने काम हुन्छ ।”