१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

२१ वर्षीय युवकको हत्या गरिएको अवस्थामा हिलोमा शव फेला



(सांकेतिक तस्बिर)
अ+ अ-

सप्तरी । सप्तरीमा आज एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ ।

तिलाठी कोइलाडी गाउँपालिका–७ मन्सापुर गाउँ नजिक हनुमाननगर कङ्कालिनी नगरपालिका–१० इनर्वाका २१ वर्षीय तीर्थनारायण मण्डलको शव फेला परेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।

हत्या गरिएको अवस्थामा मण्डलको शव हिलोमा फेला परेको र अजय मण्डल नामका अर्का युवक घाइते अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिनुभयो । स्थानीयवासीले हिलोमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । रासस