२३ असार २०८३, मंगलवार
,
Latest
करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङमा स्कार्पिओ र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, तीन जना घाइतेको अवस्था चिन्ताजनक



(सांकेतिक तस्बिर)
अ+ अ-

मोरङ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरी(शनिश्चरे नगरपालिका(२ जयचोक जंगलमा बुधबार राति सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको मे१प १८५१ नम्बरको स्कार्पिओ र पूर्व जाँदै गरेको ना२ख ९४७३ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको हो ।

दुर्घटना बुधबार राति १२ बजे भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको हो । दुर्घटनामा परि झापा गाउँपालिका शरणमती बस्ने ६२ वर्षका लक्ष्मी पौडेल र मोरङ रङ्गेली नगरपालिका वडा नम्बर ३ बस्ने ७६ वर्षीय विष्णुमाया शिवाकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा तीन जना घाइते छन्। घाइतेलाई गोल्डेन अस्पताल विराटनगरमा उपचार गराईरहेको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेको बताईएको छ । मृतक र घाइते सबै स्कार्पिओमा सवार थिए।