काठमाडौँ । गैर सांसदलाई मन्त्री वनाईको भन्दै उनिहरुलाई पद मुक्त गर्न माग गर्दे सर्वोच्च अदाललमा दायर गरेको रिट माथी आज सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले इजलासमा सुनुवाई हुन लागेको हो ।
अधिवक्ताहरू विराज थापा र कपिलदेव ढकालले दर्ता गरेका छुट्टाछुट्टै निवेदनमाथि प्रधानन्यायाधीश जबराकै इजलासमा सुनुवाई हुन लागेको हो ।
यस अघि यहि विषयमा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञावलीले दायर गरेको रिटमा प्रधानन्यायधीस राणाको ईजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।











