काठमाडौं । त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक शंकर सुवेदीको कोरोनाका कारण निधन भएको छ।
कोरोना भाइरस संक्रमण देखिएपछि ललितपुरस्थित पाटन अस्पतालमा उपचार गराइरहेका उपप्राध्यापक सुवेदीको आज निधन भएको हो।
उपप्राध्यापक सुवेदीको निधन भएको विभागीय प्रमुख जीवलाल सापकोटाले बताउनु भएको छ।











