काठमाडौं । संकटा क्लबका कोषाध्यक्ष जुजुकाजी डंगोलको कोरोनाका कारण निधन भएको छ । संकटाका पूर्वकप्तान पनि थिए।
कोभिड–१९ संक्रमणमा भएपछि उहाँलाई दुई साताअघि अस्पताल भर्ना गरिएको थियो । उहाँको मंगलबार राति पौने ११ बजे शिक्षण अस्पतालमा निधन भएको संकटाका अध्यक्ष इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।
उहाँलाई निको भयो भनेर मंगलबार मात्र भेन्टिलेटरबाट निकालिएको थियो तर फेरि गाह्रो भएपछि पुनः भेन्टिलेटरमा राखेको केही समयपछि निधन भएको थियो ।
नेपाली सेनामार्फत उहाँको पार्थिव शरीरमा संकटा क्लबको झन्डा ओढाइएको तुलाधरले बताउनुभयो ।











