७ पुष २०८२, सोमबार
,
Latest
कलामय बन्यो कुश्माको शताब्दी घर यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिक्किममा महिला कर्मचारीले १ वर्ष सुत्केरी विदा पाउने



अ+ अ-

एजेन्सी । सिक्किममा अब महिला कर्मचारीले १ वर्ष सुत्केरी बिदा पाउने भएका छन्।

बुधबार मुख्यमन्त्री प्रेमसिंह तामाङले सरकारले महिला कर्मचारीलाई १ वर्ष प्रसूति बिदा घोषणा गरेका हुन्।

सिक्किमको स्टेट सिभिल सर्भिस अफिसर्स एसोसिएसनको वार्षिक बैठकमा सम्बोधन गर्दै मख्यमन्त्री तामाङले सुत्केरी महिला कर्मचारीलाई १ वर्ष तथा श्रीमती सुत्केरी भएका पुरूष कर्मचारीले एक महिना बिदा पाउने घोषणा गरेका हुन्। ‘यो संशोधनबाट सरकारी कर्मचारीलाई आफ्ना बच्चा र परिवारको राम्रो हेरचाह गर्न मद्दत पुग्नेछ,’ तामाङले भने।

मातृत्व लाभ अधिनियम १९६१ अनुसार महिला कर्मचारीले ६ महिना प्रसूति बिदा पाउने घोषणा गरेको थियो। समाचारदाता पिटिआईका अनुसार अब नयाँ बिदा लागु गर्न सेवा कानुनमा संशोधन गरिनेछ।