काठमाडौं । कोरोना महामारी उपचार तथा रोकथामका लागि स्पेन सरकारले अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाललाई सहयोग गरेको छ । स्पेनिश सहायता एजेन्सीद्वारा राजदूत शेर्पाको पहलमा ती सामान नेपाललाई हस्तान्तरण गरिएको हो ।
स्पेनी सहायता निकायले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीमा भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, एन्टिजिन टेस्ट किट, पीपीई लगायत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासहित स्पेनको चार्टर्ड जहाजबाट ती सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले विमानलस्थल पुगेर ती सामान आफैले बुझेका छन् ।
Spanish aid agency @AECID_es handed over ventillators, oxygen concentrators, antigen test kits, PPEs etc. to Hon. Health Minister at TIA.
Timely support from #Spain will be valuable in our fight against #COVID19. We thank the Gov and people of Spain for the solidarity. pic.twitter.com/s4iZKPFhAt— MOFA of Nepal 🇳🇵 (@MofaNepal) May 20, 2021











