१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोलको वर्षा गराउदै आर्सनलले बार्सिलोनालाई हरायो



अ+ अ-

एजेन्सी । प्रि सिजनको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब आर्सनलले बार्सिलोनाको पोस्टमा गोलको वर्षा गराउदै ५-३ ले हराएको छ ।

पहिलो हाफ २-२ को बराबरीमा सकिए पनि दोस्रो हाफमा बार्सिलोना कमजोर बन्दा आर्सनलसँग पराजित हुन पुग्यो ।

दोस्रो हाफमा सुरुवाती रोजाइका सबै खेलाडी परिवर्तन गरेको बार्सिलोनाले आर्सनलले ३ गोल गर्दा १ गोल मात्र फर्काउन सक्यो।

खेलको सातौं मिनेटमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि १३ औं मिनेटमा आर्सनलका बुकायो साकाको गोलसँगै बराबरीमा फर्कियो । पेनाल्टी क्षेत्रभित्र डिफेन्सले गरेको गल्तीमा उनले गोल गरेका थिए । तर उनले त्यसपछि प्राप्त पेनाल्टीमा भने गोल गर्न सकेनन् ।

३४ औं मिनेटमा ब्राजिलियन राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अघि बढाए । त्यसपछि पहिलो हाफको २ मिनेट बाँकी रहँदा आर्सनलका काइ हाभर्ट्जले गोल गर्दै खेल २-२ माबराबरी गरे ।

लिआन्द्रो ट्रोसार्डले ५५ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ७८ औं मिनेटमा ट्रोसार्डले गोल गर्दै अग्रता दोब्बर पारे । किएरन टिएर्नीको क्रसमा पहिलो टच फिनिस गर्दै उनले आर्सनललाई ४-२ ले अघि बढाए ।

८८ औं मिनेटमा बार्सिलोनाका फेरान टोरेसले गोल गरेका थिए । त्यसको एक मिनेट लगत्तै फाबिओ भिएराले आर्सनलका लागि अर्को गोल थपे ।

अब प्रि सिजनमा बार्सिलोनाले रियल म्याड्रिडसँग जुलाई ३०, एसी मिलानसँग जुलाई २ र टोटेनहमसँग अगस्ट ८ मा खेल्नेछ । यस्तै, आर्सनलले पनि अगस्ट २ मा मोनाकोसँग र अगस्ट ६ मा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।