७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

हतुवागढीमा दिमालुङ स्मारक उद्यान



अ+ अ-

भोजपुर । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ । किरात संस्कृतिको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकाको योजना र प्रदेश सरकारको लगानीमा यहाँ स्मारक उद्यान निर्माण गरिएको हो ।

किरात राईको आस्थाको केन्द्रको रुपमा रहेको वडा नं २ र ३ मा पर्ने सो स्थानमा कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालय, भवन तथा सहरी विकास कार्यालय धनकुटाको रु दुई करोड आठ लाख र गाउँपालिकाको रु पाँच लाखक्ँे ल्ँग्त्म्ँ उद्यान निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७४/७५ मा निर्माण थालिएको गरिएको पार्कलाई पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

“किरात संस्कृतिको संरक्षणसँगै यसलाई पर्यटनसँग जोडेका छौँ । यसबाट संस्कृतिको संरक्षणसँगै यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास छ”, अध्यक्ष राईले भन्नुभयो । यो ठाउँ गाउँपालिकाले निर्माण गरिरहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्गको अन्तिम विन्दुको रुपमा रहेको छ । यो स्थानमा पर्यटकलाई लक्षित गरेर किरात संस्कृतिसँग जोडिएका विभिन्न संरचना निर्माण गरिका छन् । यहाँ रहेको किरात राईको तिहास बोकेको विषेश खालको दिमालुङ ढुङ्गाको संरक्षण गर्दै उद्यान निर्माण गरिएको हो ।

राई भाषामा ‘दिमा’ भनेको बोजु र ‘लुङ’ भनेको ढुङ्गा हो । त्यसैले उद्यानको नाम दिमालुङ राखिएको हो । किरात समुदायले वर्षमा दुई पटक यस क्षेत्रमा साकेन्वा नाच्ने र पुज्ने गरेका छन् । दिमालुङ उद्यानको आवश्यक व्यवस्थापनका लागि प्रदेश सरकारको रु २५ लाख र गाउँपालिकाको रु सात लाखमा थप काम गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । रासस