• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

फेरि रेकर्ड नजिक पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य मंगलबारदेखि लगातार बढिरहेको छ । बिहीबार पनि सुनको मूल्य बढेर उच्च बिन्दु नजिक पुगेको छ।

यसअघि साउन ४ गते हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला आठ सय रुपैयाँले बढेर एक लाख १३ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहिबार तेजाबी सुन प्रतितोला एक लाख १२ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।