१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किलोको चार रुपैयाँमा पनि नबिकेको गोलभेंडा ७० पुग्यो



चार रुपैयाँ किलोमा पनि नबिकेपछि सडकमा फ्यालिएका गोलभेंडा
अ+ अ-

काठमाडौं । एक महिना अगाडिसम्म चार रुपैयाँ किलोको भाउ पनि नपाएको गोलभेंडा अहिले ९ गुणाले बढेको छ । गत असार ३ गते चार रुपैयाँ प्रतिकिलो पनि नबिकेपछि कालीमाटी तरकारी बजार र मूल सडकमा किसान र व्यापारीले गोलभेंडा फ्याँकेर बिरोध गरेका थिए । त्यतिबेला कालीमाटी तरकारी बजारमा थोक गोलभेडाको मूल्य न्यूनतम ६ रुपैयाँ र अधिकतम १० रुपैयाँ थियो।

त्यतिबेला मूल्य नपाएर ५ हजार क्रेट अर्थात १२ टन बाटोमा फालिएको गोलभेडा यतिबेला थोक मूल्यमा ७० रुपैयाँदेखि ११० रुपैयाँसम्म पर्न थालेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साउन १० गते सार्वजनिक गरेको तथ्यांकअनुसार ठूलो नेपाली गोलभेंडा प्रतिकिलो अधिकतम १ सय १० रुपैयाँ छ। गत असार पहिलो सातामा उक्त गोलभेंडाको मूल्य औसत ३३ रुपैयाँ थियो।

यस्तै, प्रतिकिलो औसत ८ रुपैयाँ रहेको टनेलको सानो गोलभेडा अहिले औसत ६३.४० रुपैयाँ पुगेको छ। खुद्रा पसलमा अझै यस भन्दा महँगो रहेको छ।

अघिल्लो महिना गोलभेंडाको आपूर्ति उच्च रहेकाले मूल्य नपाएको र अहिले आपूर्ति घटेकाले मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । उनले भने, ‘त्यो बेला सबैको टनेलबाट एकैचोटी बजारमा आए, त्यतिबेला आपूर्ति अनुसार माग भएन । स्थानीय उत्पादनले माग धान्न नसक्दा गोलभेंडाको मूल्य अत्यधिक बढेको हो।’

समितिको तथ्यांकअनुसार असारमा अत्याधिक मात्रामा भित्रिएको सानो गोलभेंडा अहिले आधाले घटेको छ। गत असार २ गते कालीमाटीमा ९५ हजार ५५० केजी गोलभेंडा भित्रिएको गोलभेंडा साउन ९ गते साढे ५८ हजार मात्रै भित्रिएको छ ।

अहिले काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट मात्रै गोलभेंडा भित्रिएकोले महंगो भएको सूचना अधिकारी श्रेष्ठले बताए ।