२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, महङ्गो भएको उपभोक्ताको गुनासो



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रमा सवारी पार्किङलाई व्यवस्थित बनाउने भन्दै सार्वजनिक सडक तथा निजी स्वामित्वको घरजग्गामा बनेका व्यवसायिक रुपमा चलेका स्थानको पार्किङ शुल्क तोकेको छ ।

महानगरले तोकेको सवारी पार्किङ शुल्क निकै महंगो रहेको भन्दै विरोध पनि भइरहेको छ । तथापि मेयर बालेन साहको जोडबलमा यो प्रस्ताव पारित भई कार्यान्वयनमा आएको छ ।

प्रस्तावित योजना अनुसार, महानगरले तोकेको क्षेत्र नं. १ मा दुई पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म रु. १५, दुई पाङ्ग्रेका लागि प्रति घण्टा रु. २५, चार पाङ्ग्रेका लागि पहिलो आधा घण्टा रु. ५० तथा चार पाङ्ग्रेका लागि प्रति घण्टा रु. ८० तोकिएको छ ।

क्षेत्रगत आधारमा, सडकमा स्पष्ट रेखाङ्कन गरी, प्रवेश र बहिर्गमन फरक फरक हुनेगरी, कुनै पनि सडकको कुल चौडाईको २५ प्रतिशतभन्दा बढी भाग नओगटिने गरी आधुनिक प्रविधि प्रयोगको माध्यमबाट समयको आधारमा आफैं वा निजी क्षेत्रको सहयोगमा यस्तो शुल्क उठाइने महानगरको सूचनामा जनाइएको छ ।

यस्तै, क्षेत्र नं. २ अन्तर्गत, महानगरका क्षेत्र भित्रका सार्वजनिक बाटो लगायत तोकिएका स्थानमा सवारी साधन पार्किङ गरे बापत दुई पाङ्ग्रेका लागि प्रति घण्टा रु. १५, चार पाङ्ग्रेका लागि प्रति घण्टा रु. ४० र चार पाङ्ग्रेका लागि अधिकतम रु. १०० तोकिएको छ ।

साथै महानगरपालिका क्षेत्रभित्र निजी क्षेत्रबाट निजी स्वामित्वको घरजग्गामा व्यवसायिक रुपमा संचालित पार्किङ स्थलमा दुई पाङ्ग्रेका लागि पहिलो आधा घण्टा रु. १५ र पहिलो एक घण्टाका लागि रु. २५ तथा एक घण्टाभन्दा बढी भएमा हरेक १५ मिनेटसम्मका लागि थप रु. ५ शुल्क उठाउन पाइने छ । त्यस्तै चार पाङ्ग्रे सवारी तर्फ पहिलो आधा घण्टाका लागि रु. ४० र पहिलो एक घण्टाका लागि रु. ७५ तथा एक घण्टाभन्दा बढी भएमा हरेक १५ मिनेटका लागि थप रु. १५ लिन सकिने गरी तोकिएको छ ।

महानगरले निजी घर, जग्गामा अनुमति लिई व्यवसाय दर्ता गरी सःशुल्क पार्किङ व्यवसाय संचालन गर्न सक्ने, सवारीसाधन पार्किङ गर्ने क्षेत्र र निषेधित क्षेत्र काठमाडौं महानगरपालिकाले तोक्ने तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि पार्किङ शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करिब रु. २५ अर्बको बजेट व्यवस्था गरेको छ जसमा करको दायरा विस्तार गर्ने अभियान चलाएको छ । महानगरपालिकाले पछिल्ला दिनहरुमा सम्पत्ति कर, बहाल कर र व्यवसाय कर उठाउन सबै वडा, नगर प्रशासन र नगर प्रहरीलाई निर्देशन दिइरहेको छ भने घरघरै गएर व्यवसायको अवस्थाका बारेमा जानकारी लिइरहेको छ ।