७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, महङ्गो भएको उपभोक्ताको गुनासो

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, महङ्गो भएको उपभोक्ताको गुनासो
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रमा सवारी पार्किङलाई व्यवस्थित बनाउने भन्दै सार्वजनिक सडक तथा निजी स्वामित्वको घरजग्गामा बनेका व्यवसायिक रुपमा चलेका स्थानको पार्किङ शुल्क तोकेको छ ।

महानगरले तोकेको सवारी पार्किङ शुल्क निकै महंगो रहेको भन्दै विरोध पनि भइरहेको छ । तथापि मेयर बालेन साहको जोडबलमा यो प्रस्ताव पारित भई कार्यान्वयनमा आएको छ ।

प्रस्तावित योजना अनुसार, महानगरले तोकेको क्षेत्र नं. १ मा दुई पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म रु. १५, दुई पाङ्ग्रेका लागि प्रति घण्टा रु. २५, चार पाङ्ग्रेका लागि पहिलो आधा घण्टा रु. ५० तथा चार पाङ्ग्रेका लागि प्रति घण्टा रु. ८० तोकिएको छ ।

क्षेत्रगत आधारमा, सडकमा स्पष्ट रेखाङ्कन गरी, प्रवेश र बहिर्गमन फरक फरक हुनेगरी, कुनै पनि सडकको कुल चौडाईको २५ प्रतिशतभन्दा बढी भाग नओगटिने गरी आधुनिक प्रविधि प्रयोगको माध्यमबाट समयको आधारमा आफैं वा निजी क्षेत्रको सहयोगमा यस्तो शुल्क उठाइने महानगरको सूचनामा जनाइएको छ ।

यस्तै, क्षेत्र नं. २ अन्तर्गत, महानगरका क्षेत्र भित्रका सार्वजनिक बाटो लगायत तोकिएका स्थानमा सवारी साधन पार्किङ गरे बापत दुई पाङ्ग्रेका लागि प्रति घण्टा रु. १५, चार पाङ्ग्रेका लागि प्रति घण्टा रु. ४० र चार पाङ्ग्रेका लागि अधिकतम रु. १०० तोकिएको छ ।

साथै महानगरपालिका क्षेत्रभित्र निजी क्षेत्रबाट निजी स्वामित्वको घरजग्गामा व्यवसायिक रुपमा संचालित पार्किङ स्थलमा दुई पाङ्ग्रेका लागि पहिलो आधा घण्टा रु. १५ र पहिलो एक घण्टाका लागि रु. २५ तथा एक घण्टाभन्दा बढी भएमा हरेक १५ मिनेटसम्मका लागि थप रु. ५ शुल्क उठाउन पाइने छ । त्यस्तै चार पाङ्ग्रे सवारी तर्फ पहिलो आधा घण्टाका लागि रु. ४० र पहिलो एक घण्टाका लागि रु. ७५ तथा एक घण्टाभन्दा बढी भएमा हरेक १५ मिनेटका लागि थप रु. १५ लिन सकिने गरी तोकिएको छ ।

महानगरले निजी घर, जग्गामा अनुमति लिई व्यवसाय दर्ता गरी सःशुल्क पार्किङ व्यवसाय संचालन गर्न सक्ने, सवारीसाधन पार्किङ गर्ने क्षेत्र र निषेधित क्षेत्र काठमाडौं महानगरपालिकाले तोक्ने तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि पार्किङ शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करिब रु. २५ अर्बको बजेट व्यवस्था गरेको छ जसमा करको दायरा विस्तार गर्ने अभियान चलाएको छ । महानगरपालिकाले पछिल्ला दिनहरुमा सम्पत्ति कर, बहाल कर र व्यवसाय कर उठाउन सबै वडा, नगर प्रशासन र नगर प्रहरीलाई निर्देशन दिइरहेको छ भने घरघरै गएर व्यवसायको अवस्थाका बारेमा जानकारी लिइरहेको छ ।