३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

रसुवागढी नाकामा चहलपहल बढ्यो

रसुवागढी नाकामा चहलपहल बढ्यो
file
अ+ अ-

रसुवा । चीनसित जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ । कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनःसञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो ।

सो नाका भएर नेपाल घुम्नका लागि चिनियाँ पर्यटकको आगमन सुरू भएको छ । नेपाल भित्रने चिनियाँ पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । नाका पुनःसञ्चालन पछि पाँच/सात जनादेखि सुरू भएको पर्यटक आवागमन पछिल्लो समय दैनिक सरदरमा २५/३० जना पुगेको छ । अध्यागमन कार्यालय टिमुरेका कार्यालय प्रमुख चूडामणि अर्यालका अनुसार चैत १८ गतेदेखि असार मसान्तसम्म दुई हजार आठ सय ३७ चिनियाँ पर्यटकले रसुवागढी मितेरीपुलबाट ओहरदोहर गरिसकेका र साउन महिनामा पनि आफ्ना निजी सवारीसाधनमार्फत चिनियाँ पर्यटक नेपाल भ्रमणमा आउनेक्रम जारी रहेको छ ।

तीन महिना १३ दिनको अवधिमा रसुवागढी नाकाबाट ४६ देशका नागरिकले नेपाल तथा चीनको भूभागमा ओहरदोहर गरिसकेको यसरी ओहरदोहर गर्नेको कूल सङ्ख्या पाँच हजार दुई सय ३६ महिलासमेत १० हजार छ सय ७७ जना रहेको बताइएको छ ।

कोरोना अवधिभर सुनसान रहेको रसुवागढी क्षेत्रबाट चिनियाँ पर्यटक नेपाल भित्रने र अन्यदेशका पर्यटक चीनतर्फ प्रस्थान गर्न थालेपछि त्यस क्षेत्रको रौनकता निकै बढेको छ । पर्यटकको आगमनले सीमा क्षेत्रका बासिन्दामा भने उत्साह बढ्दै गएको छ ।

रसुवागढी नाकाबाट रसुवाका बासिन्दा केरूङतर्फ जाने र चिनियाँ नागरिक पनि टिमुरे तथा स्याफ्रुबेँसी घुम्न आउने गरेका कारण दुई देशको सीमा क्षेत्रमा बसोबास गर्ने छिमेकी छिमेकी बीचको सम्बन्धसमेत थप प्रगाढ बन्दै गएको स्थानीय बासिन्दाले जनाएका छन् ।

सीमा क्षेत्रका बासिन्दाका लागि रसुवा–केरूङ ओहरदोहर गर्न प्रदान गरेको सीमा परिचयपत्रको विवरणसमेत सार्वजनिक भएको छ । गैररसुवालीलाई सीमा क्षेत्रका बासिन्दासरहको परिचयपत्र दिएको भनी स्थानीयबाट चर्को विरोध आएपछि वास्तविकतामाथि प्रष्ट पार्दै अध्यागमन कार्यालय टिमुरेले एक सय ५० जनालाई परिचयपत्र प्रदान भएको राससलाई पहिलो विवरण उपलब्ध गराएको हो ।

बसाइँ सरी आएको कागजाँचका आधारमा गत चैत १८ गतेदेखि असारको पहिलो हप्तासम्म ४१ वटा नयाँ परिचयपत्र जारी भएको, ३३ जनालाई प्रतिलिपि प्रदान गर्नुका साथै ७६ वटा नवीकरण भएको अध्यागमन कार्यालयले जनाएको छ ।

विसं २०७२ पश्चात् भेटिएको तथ्याङ्कअनुसार हालसम्म नयाँ जारी, प्रतिलिपि एवं नवीकरण गरिएकोसमेत समग्रमा तीन हजार तीन सय ३३ जनाले सीमा परिचयपत्रको सुविधा लिएको उक्त कार्यालयले जनाएको छ ।

भूकम्पकाले रसुवागढीमा रहेको अध्यागन कार्यालय पूरै दबिएका कारण त्यसभन्दा अगाडिका अभिलेख नष्ट भइसकेको जनाइएको छ । रसुवागढी क्षेत्रमा सवारीसाधनको चाप र पर्यटकको आगमन बढेसँगै सुरक्षा कार्यमा थप मजबुत पारिएको सुरक्षाकर्मीले बताएका छन् । रासस