काठमाडौ । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यमा स्वतन्त्र उम्मेदबार डा.खिमलाल देवकोटा बिजयी हुनु भएको छ । उहाँले ५०८८ मतभार प्राप्त गर्दै निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदबार रामबहादुर थापालाई पराजीत गर्नुभएको छ ।
थापाले ४,०१४ मतभार प्राप्त गर्नुभएको छ भने नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ १३२ मतभार प्राप्त गर्नुभएको छ ।
उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता रहेका थिए ।
निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको थियो ।











