२३ असार २०८३, मंगलवार
,
Latest
शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद पद खारेज भएपछि मन्त्री बनेकाको नियुक्ति बदर, पुनः नियुक्ति असंवैधानिक (आदेश सहित)



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले सांसद पद खारेज भएपछि  मन्त्री बनेका सात मन्त्रीको नियक्ति असंवैधानिक भएका ठहर गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापा उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामाको नियुक्ति संविधान बिपरित भएको ठहर गरेको हो ।

सर्बोच्चले संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो ।अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेका रिटको सुनुवाई गर्दे प्रधानन्यायाधीस राणाको ईजालासले यस्तो आदेश दिएको हो । अदालतको आदेश पछि सातै मन्त्री पदमुक्त भएका छन्