२३ असार २०८३, मंगलवार
,
Latest
शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपहरणपश्चात हत्या गरी फरार ३ पक्राउ



अ+ अ-

लहान । अपहरणपश्चात हत्या गरी फरार रहेका तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी अनिषकुमार सिंहको अपहरणपश्चात हत्या गरी फरार रहेको आरोपमा बरियारपट्टी–४ तेनुवापट्टी निवासी ३९ वर्षीय जयराम साह, ३२ वर्षीय हरेराम साह र ४७ वर्षीय शैलेन्द्र साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले फरार रहेका तीनै जनालाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो । विसं २०७५ वैशाख २९ गते अनिषकुमार सिंहलाई घरबाट अपहरण गरी घाइते बनाइएका उहाँको उपचारका क्रममा २०७६ जेठ १ गते मृत्यु भएको थियो ।

कटुवा पेस्तोल बरामद

सिरहा नगरपालिका १७ वटेर्वाबाट प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ । स्थानीय २७ वर्षीय धिरु यादवले गउँमा मादक पदार्थ सेवन गरी होहल्ला गरेको सूचनाका आधारमा पुगेका प्रहरीलाई देखेर भाग्ने क्रममा यादवको साथबाट खसेको खाली कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

यादव भने फरार भएका छन् । प्रहरीले सशङ्कित व्यक्तिको खोजतलास जारी रहेको जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शर्माले जानकारी दिनुभयो ।