१९ पुष २०८१, शुक्रबार
,
Latest
आज देशभरको मौसम सफा रहने पूर्वानुमान बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने: खानेपानीमन्त्री प्रदीप यादव प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता चिसो मौसममा आज अकस्मात किन तात्यो राजनीति ? ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना माओवादी बैठकमा केन्द्रीय समितिको ‘एजेण्डा’बारे छलफल ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड ‘जुझारु’ नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी जेल परे पनि अवज्ञाकारी विधेयक, कानून निर्माण सहजिकरण कार्यदल बैठकः विचाराधिन विधेयक सम्बन्धमा दुई दलले फोकल पर्सन तोक्ने प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्यायोः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको जवाफ– सरकारले भ्रष्टाचारको छानबिन अघि बढाउँदा टाउको नदुखाऔं



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सरकारले भ्रष्टाचारको जुनसुकै काण्डमा मुछिएकाहरूलाई कारबाही गर्ने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारको विषयमा सरकारले छानबिन अगाडि बढाइरहेको र यसमा माननीयहरुले टाउको नदुखाउन अनुरोध गरे ।

उनले भने, ‘सरकारको जिम्मेवारी सम्हाल्नुभएको गृहमन्त्री र अर्थमन्त्रीको बारेमा प्रश्न उठेको छ । दिउँसै रात पार्न खोजिएको थियो । रातलाई दिउँसो पारिँदैछ । भ्रष्टाचारको विषयमा सरकारले छानबिन अगाडि बढाइरहेको छ । माननीयज्यूहरूलाई टाउको नदुखाउन म अनुरोध गर्छु । कसैको अनुहार हेर्न जरुरी छैन सरकार अगाडि बढोस्, बाँकी उठेका कतिपय विषयमा पनि सरकारले छानबिन गरेर व्यक्तिको अनुहार हेरेर होइन उसको काम हेरेर राज्यलाई सुशासनको प्रत्याभूति दिने गरी अगाडि बढोस् । माछो ठूलो सानोको प्रसंग होइन ।’

सुन प्रकरणलाई लिएर सत्ता कांग्रेसकै सांसद सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको साथै एमालेले अवरोध गरेपछि पौडेलले जवाफमा ‘दोषीलाई कारबाही गर्दा माननीयज्यूहरु त खुसी हुनुपर्ने होइन र ?’ भन्दै प्रश्न गरे ।

उनले सरकारलाई भ्रष्टाचारसँग सम्बन्धित उठेका प्रश्नहरुको बारेमा छानबिन गरेर, व्यक्तिको अनुहार नहेरी व्यक्तिको काम, शैली, तरिका र गल्ती हेरेर आफ्को क्रियाकलाप अगाडि बढाउन आग्रह गरे ।