२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सिसिएमसी खारेज गर्न माग

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सिसिएमसी खारेज गर्न माग
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी) खारेज गर्न माग गरेको छ । बिहीबार पेरिसडाँडाँस्थित केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी) खारेज गर्न माग गरेको हो । 

विपत सम्बन्धी घटनाहरु हेर्नका लागि विभिन्न सरकारी संयन्त्र भएपनि तिनलाई काम गर्न नदिई कानुनी हैसियत नभएको सिसिएमसी गठन गरिएको र सिसिएमसी मार्फत् अनियमितता र भ्रष्टाचार भएको भन्दै त्यसलाई खारेजी गर्नुपर्ने नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले बताउनुभयो । उहाँले भन्नुभयो – ‘सिसिएमसी खारेज गर्नुपर्छ । विपत सम्बन्धि घटनाहरु हेर्नका लागि गृह मन्त्रालयमा अलग्गै कानुनी व्यवस्थासहितको प्राधिकरण छ । त्यसलाई पनि काम गर्न दिईएको छैन । स्वास्थ्य मन्त्रालय र त्यस अन्र्तगत यस प्रकारका जोखिमहरुको बारेमा काम गर्ने निकाय छ । त्यसलाई पनि काम गर्न दिईएको छैन ।

प्रधानमन्त्रीको नेतृत्वमा यस प्रकारका विपतहरु हेर्ने अलग्गै निकाय छ त्यसले पनि काम गरेको छैन । छुट्टै सिसिएमसी भनेर खडा गरेर त्यसलाई अलग्गै कानुनी हैसियत नभएको संरचनामार्फत् अनियमितता, भ्रष्टाचार, सामाग्री दुरुपयोगका कुरा आउने भइरहेको छ । त्यसले सहि ढंगले काम गरिरहेको छैन त्यो खारेज गरिनुपर्छ र कानुनले चिनेको निकायले काम गर्नुपर्छ ।’

माओवादी केन्द्रले सरकार एक्लैले कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्भव नुहने भन्दै प्रधानमन्त्रीको नेतृत्वमा विज्ञ तथा नागरिक समाज समेतका संलग्नतामा सर्वदलिय र सर्वपक्षिय समिति बनाउनुपर्ने पनि बताएको छ । नेता पुनले भन्नुभयो – ‘प्रधानमन्त्रीको नेतृत्वमा सर्वदलिय, सर्वपक्षिय समिति बनाएर त्यसले सबै जनशक्ति, राजनीतिक दल, वैज्ञानिक समुदाय, विज्ञ समुदाय, नागरिक समाज लगायतका सम्पूर्ण क्षेत्रलाई यसमा परिचालन गर्नुपर्छ । त्यसो गर्न सकिएन भने सरकारकै प्रयत्नले यो सम्भव छैन ।’

बैठकले अक्सिजन लगायतका स्वास्थ्य सामग्रीहरुको सप्लाई, सरकारी तथा नीजि अस्पतालहरुको क्षमतावृद्धि, कोभिड संक्रमितलाई आवश्यक बेडको वृद्धि र आइशोलेसन, आईसियु, भेन्टिलेटर लगायतको क्षमता विस्तार गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको छ । कोभिड १९ विरुद्ध फ्रन्टलाइनमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी लगायतलाई जोखिम भत्ता उपलब्ध गराउन तथा फ्रन्टलाइनरका परिवारलाई कोभिड १९ विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन सरकारले ध्यान दिनुपर्नेमा पनि जोड दिईएको छ ।

माओवादीले अध्यक्ष प्रचण्डको नेतृत्वमा कोभिड १९ विरुद्ध लड्ने टिम बनाउने र ३ लाख बढी पार्टीका नेता, कार्यकर्तालाई परिचालन गर्ने पनि नेता पुनले जानकारी दिनुभयो । ५ दिनभित्र प्रदेश, जिल्ला र वडा तहसम्म पुगेर समिति गठन गर्ने र राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । यसबारेमा सम्पूर्ण जानकारी भोली पत्रकार सम्मेलन गरी दिइने पनि नेता पुनले बताउनुभयो ।

भोलि नै माओवादी केन्द्रले कोभिड १९ को रोकथाम तथा नियन्त्रणको सन्दर्भमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराउने पनि माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिनुभयो ।