२३ असार २०८३, मंगलवार
,
Latest
शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा निर्वाचनमा मतदान सम्पन्न



अ+ अ-

काठमाडौं । वामती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यतर्फ १०५  र स्थानीय तहतर्फ २३३  गरी  ३३८ जनाले मतदान गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

निर्वाचनमा प्रदेशसभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी  ३४८ मतदाता  थिए । निर्वाचनमा कोरोना भाइरस संक्रमित २५ मतदाताले भाग लिनुभएको थियो । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तह सदस्यतर्फको मतभार १८ छ ।

मतगणना व्यवस्थित गर्न  थप निर्देशनसमेत निर्वाचन अधिकृतलाई आयोगबाट आज नै पठाइसकिएको छ । मतगणना अपराह्न ४.३० बजेदेखि प्रारम्भ गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको र आज नै साँझसम्म मतपरिणाम आउने सम्भावना रहेको आयोगले जनाएको छ ।

मतदान  सफलतापूर्वक सम्पन्न भएकामा खटिने निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारीलगायत राष्ट्रसेवक कर्मचारी तथा सम्बन्धित सम्पूर्ण सरोकार पक्षलाई आयोगले धन्यवाद ज्ञापन गरेको छ ।