२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

कोरोना सङ्क्रमित खोज्न घरघरमा स्वास्थ्यकर्मी

कोरोना सङ्क्रमित खोज्न घरघरमा स्वास्थ्यकर्मी
अ अ+ अ-

डोटी । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि यहाँका स्थानीय तहले स्थानीयका घरघरमा गएर सङ्क्रमितको खोजी गर्न थालेका छन् । यहाँका नौवटा स्थानीय तह दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, आदर्श गाउँपालिका, सायल, पूर्वीचौँकी, बोगटान फुड्सिल, केआइसिंह, बडिकेदार तथा जोरायल गाउँपालिकाले पछिल्लो समय आफ्ना वडामा रहेका नागरिकको घरैमा गएर कोरोना जाँच गर्न थालेका छन् ।

यहाँका स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले घरघरमा गएर बिरामीको एण्टिजेन परीक्षण गर्न थालेका बताइएको छ । जिल्लामा हालसम्म सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५५२ पुगेको छ भने पाँच जनाको ज्यान गइसकेको छ । त्यसमा १७ जना मात्रै निको भएर घर फर्किएका छन् ।

पछिल्लो समय कोरोना महामारी समुदायस्तरमै फैलिन थालेपछि यहाँका स्थानीय तहका स्वास्थ्यकर्मीको सहयोगमा गाउँगाउँमा स्वास्थ्यकर्मी गएर सङ्क्रमितको खोजी गर्न थालिएको जिल्ला अस्पतालका सुपरिटेण्डेन्ट कृष्णराज जोशीले बताउनुभयो । उहाँले भन्नभयो, “समुदायमा कोरोना सङ्क्रमण फैलिएको पाइएपछि हामीले स्थानीय तहका स्वास्थ्यकर्मीको सहयोगमा घरघर गएर सङ्क्रमितको खोजी गर्दै उपचार गर्न थालेका छौँ ।”

कोरोना सङ्क्रमिण्तको खोजीसँगै यहाँका स्थानीय तहका स्वास्थ्यकर्मीले आ–आफ्ना पालिका तथा वडामा स्वास्थ्य सेवालाई समेत प्रभावकारी बनाउन थालेका छन् । समुदायमा कोरोना सङ्क्रमणको अवस्था र जनताको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कोरोना परीक्षण, स्वास्थ्य सामग्री र औषधि वितरणजस्ता कार्यक्रमलाई अगाडि बढाएको जोरायल गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्दबहादुर विष्टले जानकारी दिनुभयो ।

यसैगरी शिखर नगरपालिकामा रहेको नगर स्वास्थ्यले पनि नगरपालिकामा रहेका स्वास्थ्य समस्या देखिएका २० जनाको आज एन्टिजेन परीक्षण गरेको छ । परीक्षणमा १९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य संयोजक हरिश शाहले जानकारी दिनुभयो । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमणले महामारीको रूप लिने अवस्था सिर्जना भएपछि यहाँका स्थानीय तहले गाउँमै आफ्ना स्वाथ्यकर्मी परिचालन गरी सबैको एन्टिजेनमार्फत कोरोना परीक्षण गर्ने कार्यलाई तीव्रता दिन थालिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । 

पछिल्लो समय यहाँका स्थानीय तहले परिचालन गरेका स्वास्थ्यकर्मीले भारतबाट रोजगारी गरी गाउँ आएर सङ्क्रमित भएकाको ट्राभल हिस्ट्रीसमेत खोजी गर्न थालेका छन् । कोरोना परीक्षण गर्ने एन्टिजेन कीट उपलब्ध भएपछि बल्ल यहाँका स्थानीय तह गाउँगाउँमा गएर कोरोना सङ्क्रमित खोज्न थालेको केआइसिंह गाउँपालिका–५ का शिक्षक चेतराज भट्टले बताउनुभयो ।

यहाँका गाउँघरमा स्वास्थ्य समस्या देखिएका बिरामी र भारतलगायतका अन्य मुलुकबाट आएका जोकोही व्यक्तिको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने गरी स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत सूर्य विष्टका अनुसार कोरोना परीक्षणबाट यहाँका गाउँ तथा समुदायमा कोरोना सङ्क्रमितको अवस्थाका बारेमा जानकारी हुने र सोहीअनुसार स्वास्थ्यका गतिविधिलाई अगाडि बढाउने स्वास्थ्य कार्यालयको योजना रहेको छ । 

गाउँमा परिचालन भएका स्वास्थ्यकर्मीले तत्काल बिरामी भइहाले आवश्यक पर्ने औषधि, स्वास्थ्य सामग्री, मास्क र स्यानिटाइजरसमेत घरघरमा पुगेर वितरण गर्न थालेका गड्सेरा स्वास्थ्यचौकीका अनमी विधि भण्डारीले जानकारी दिनुभयो ।

यसैगरी शिखर नगरपालिकास्थित स्वास्थ्य कार्यालयले पनि बिरामीबाट अरुमा सङ्क्रमण नफैलियोस् भन्ने हेतुले कोरोना लक्षण देखिएका व्यक्तिले प्रयोग गर्न सर्जिकल मास्क, स्यानिटाइजर उपलब्ध गराउन थालेको स्वास्थ्य संयोजक शाहले जानकारी दिनुभयो ।