५ चैत्र २०८१, मंगलवार
March 18, 2025 Tuesday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.02

Wind: 2.06

Humidity: 41

तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ घटना: वरिष्ठ सईको हत्या गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष



अ+ अ-

बागलुङ । जिल्लाको बडिगाड गाउँपालिका–६ स्थित आशा होटलमा मृत भेटिएका वरिष्ठ सईको हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

सोमबार बिहान इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (सई) उज्जल पौडेल आशा होटलको तल्लो तलामा पर्दाको पासो लगाएको अवस्थामा मृत भेटिएका थिए ।

मृत भेटिएका पौडेलको हत्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले जानकारी दिए । ‘टाउको र छातीमा कुटपिट गरेर बेहोस बनाएपछि कपडाले घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, उनले भने ।

प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा होटल संचालिका ५१ वर्षीय आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई पक्राउ गरेको छ । होटलमा खाजा खान गएका बेला सई पौडेल र होटल संचालिकाको आमा–छोरासँग विवाद हुँदा हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको छ ।