३० कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठमेलमा क्लबका सञ्चालकमाथि कुटपिटमा संलग्न ७ जना धरौटीमा रिहा



अ+ अ-

काठमाडौँ । ठमेलस्थित ओम्निया क्लबका बाउन्सर र सञ्चालकमाथि कुटपिट गरेको आरोप लागेका ७ जना धरौटीमा छुटेका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनीहरुसँग जनही आठ/आठ हजार रुपैयाँ धरौटी मागेको हो ।

मुख्य नाइके भनिएका सानुभाई भनिने युवराज गुरुङलाई भने बुधबार अदालत पेश गरिएको छ । काठमाडौँ प्रहरी परिसरका अनुसार पटके कायम भएका कारण उनलाई अदालत लगिएको हो ।