७ पुष २०८२, सोमबार
,
Latest
कलामय बन्यो कुश्माको शताब्दी घर यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरणः पक्राउ गरिएका सबैको बयान सकियो



फाईल फोटो
अ+ अ-

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरु सबैको बयान सकिएको छ ।

सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ गरिएका अधिकांशको बयान सकिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले बताए । ‘सबैभन्दा पछि पक्राउ गरिएका दुईजना बाहेक अरुको बयान सकिएको छ’, उनले भने ।

पछिल्लो पटक साउन ८ मा कुपण्डोलबाट नक्कली मोही सञ्जय महर्जन र सकुलानन्द महर्जन पक्राउ परेका थिए । उनीहरुबाहेक बाँकि सबैको बयान सकिएको हो ।

सिआईबीले असार १२ मा भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित चार जनालाई पक्राउ गरेको थियो ।तीमध्ये सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत भने सर्वोच्चको आदेशसँगै छुटिसकेका छन्।

प्रहरीले जग्गा हिनामिनामा संलग्न ४०६ जनाविरुद्ध अदालतबाट पक्राउन गर्न अनुमति लिएको छ । उनीहरुले झुटा मोही खडा गरेर भू–माफियासँगको मिलेमतोमा सरकारको १४७ रोपनी जग्गा हिनामिना गरेको सिआईबीको अनुसन्धान निष्कर्ष छ ।

यस प्रकरणमा हालसम्म २२ जना प्रकाउ परेका छन् ।