१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरणः पक्राउ गरिएका सबैको बयान सकियो



फाईल फोटो
अ+ अ-

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरु सबैको बयान सकिएको छ ।

सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ गरिएका अधिकांशको बयान सकिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले बताए । ‘सबैभन्दा पछि पक्राउ गरिएका दुईजना बाहेक अरुको बयान सकिएको छ’, उनले भने ।

पछिल्लो पटक साउन ८ मा कुपण्डोलबाट नक्कली मोही सञ्जय महर्जन र सकुलानन्द महर्जन पक्राउ परेका थिए । उनीहरुबाहेक बाँकि सबैको बयान सकिएको हो ।

सिआईबीले असार १२ मा भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित चार जनालाई पक्राउ गरेको थियो ।तीमध्ये सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत भने सर्वोच्चको आदेशसँगै छुटिसकेका छन्।

प्रहरीले जग्गा हिनामिनामा संलग्न ४०६ जनाविरुद्ध अदालतबाट पक्राउन गर्न अनुमति लिएको छ । उनीहरुले झुटा मोही खडा गरेर भू–माफियासँगको मिलेमतोमा सरकारको १४७ रोपनी जग्गा हिनामिना गरेको सिआईबीको अनुसन्धान निष्कर्ष छ ।

यस प्रकरणमा हालसम्म २२ जना प्रकाउ परेका छन् ।