२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

सङ्क्रमण निको हुने दर ७५.१ प्रतिशत

सङ्क्रमण निको हुने दर ७५.१ प्रतिशत
अ अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा आठ हजार ३०५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन बिधिबाट कूल २२ हजार ८७ मा गरिएको परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् । मन्त्रालयको विवरणअनुसार २१ हजार ६९५ पिसिआर परीक्षण गरिएको थियो भने ३९२ एन्टिजेन परीक्षण गरिएको थियो ।  छ हजार ५४३ जना भने निको भएका छन् । 

नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित १९० को  निधन भएको छ । आजको विवरणसहित हालसम्म कूल पाँच हजार ८४७ को निधन भएको छ । कूल चार लाख ८८ हजार ६४५ कोरोना पोजेटिभ हुँदा तीन लाख ६६ हजार ९४६ जना भने निको भएका छन् । यस आधारमा निको हुने दर ७५।१ प्रतिशत रहेको छ । कोरोनाको दोस्रो लहरपछि कोरोना पोजेटिभ हुनेको सङ्ख्या एक लाख १५ हजार ८५२ पुगेको मन्त्रालयले जनाएको छ । 

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार ३८९ रहेका छन् । कुल एक लाख ४६ हजार २८६  निको हुँदा एक हजार ३२६ जनाको निधन भएको छ । भक्तपुरमा चार हजार ७८३ सक्रिय सङ्क्रमित छन् भने १२ हजार ४७३  निको भएका छन् । यस्तै २६२ को मृत्यु भएको  छ ।  ललितपुरमा छ हजार ८९५ सक्रिय सङ्क्रमित छन् भने २२ हजार १३ जना निको भएका छन् । सो जिल्लामा ३४७ को मृत्यु भएको  छ ।