काठमाडौ । राष्ट्रपति बिद्यादेबी भण्डारीले सबिधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि जेष्ठ सात गते साझँ ५ बजे प्रतिनिधिशभामा बिश्वासको मत प्राप्त गर्न सक्ने आधार सहित दाबी पेश गर्न प्रतिनिधिशभाका सदस्यलाई आब्हान गर्नुभएको छ ।
राष्ट्रपति कार्यलयले एक बिज्ञप्ति जारी गर्दे बिकसित राजनीतिक परिस्थितीमा सबिधानको धारा ७६को उपधारा ३ बमोजिम मौजुदा सरकारलाई बिश्वासको मत प्राप्त नहुने द¥हो राजनीतिक आधार नभएकाले मुलुकलाई अन्योलमा राख्न नहुने भन्दै बैकल्पीक सरकार गठनका लागि मार्ग प्रसस्त गर्न मन्त्रीपरिषद्बाट अनुरोध आएका कारण नयाँ सरकार गठनका लागि आब्हान गर्नुभएको हो ।











