२३ भाद्र २०८३, मंगलवार
,
Latest
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग



अ+ अ-

काठमाडौँ। राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले स्थानीय सरकार गैरदलीय हुनुपर्ने तर्क गर्नुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले स्थानीय सरकार नागरिकको आँगनको अदालत भएको कारण राजनीतिक रंगबाट मुक्त गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिलामाथि हुने घरेलु तथा अन्य हिंसा लगायतका सेवा प्रवाहमा स्थानीय तह राजनीति रुपमा प्रश्तुत हुँदा समस्या भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मैले भन्न मिल्छ कि मिल्दैन थाहा छैन । तर स्थानीय सरकार भनेको चाँही कुनैपनि पोलिटिकल कलरविहीन नै हुनुपर्छ भन्ने मलाई लाग्छ । स्थानीय सरकार भनेको आँगनको अदालत हो । त्यसो भएको हुनाले आँगनको अदालत भरोसायोग्य हुनको लागि स्थानीय सरकार गैरराजनीतिक हुनुपर्छ भन्ने लाग्छ ।’

फरक प्रसंगमा बोल्दै अध्यक्ष पराजुलीले राष्ट्रिय महिला आयोगले नागरिक र राज्यलाई एकआपसमा जोड्न पुलको काम गरिरहेको समेत बताउनु भयो ।

उहाँ महिला आयोगको अध्यक्षबाहेकका सदस्यहरुको योग्यताबारे संविधानमा उल्लेखित विषयमा प्रश्न उठाउनुभयो । उहाँले आयोगको सदस्य हुनको लागि मानसिक रुपमा स्वस्थ र ४५ वर्ष पुगेको नेपाली नागरिक भएकै कारणमा आयोगको सदस्य बन्न पाउने व्यवस्था गरेर संविधानले महिला आयोगसँग के अपेक्षा गरेको हो ? भन्दै प्रश्न गर्नुभयो ।–न्युज एजेन्सी नेपाल