१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’

‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’
अ अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभाका सांसदहरूले राष्ट्रिय महिला आयोगको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको मंगलवारको बैठकमा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन् ।

महिला आयोगले सिफारिस मात्र गर्ने तर सिफारिसक कार्यान्वयको अवस्थाबारे अनुगमन नगर्ने कार्यले आयोग निरीह भएको महशुस हुन थालेको उनीहरुको भनाइ छ । बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले आयोगले आफूलाई सिफारिस गर्ने निकायको  मात्र भन्दै निरीह रूपमा प्रश्तुत भएको भन्दै असन्तुष्टि जनाउनु भयो ।

उहाँले सबै संवैधानिक आयोगले आफ्नो समुदायको मुद्दा सशक्त रुपमा उठाउँदा महिला आयोगले त्यस्तो गर्न नसकेको तर्क गर्नुभयो । उहाँले महिलामाथि हुने हिंसा तथा दुव्र्यवहारको विषयमा समेत महिला आयोग अझै जिम्मेवार हुनुपर्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय महिला आयोगले धेरै काम गरेको छ । तर तपाईंहरुले आज जुन प्रश्तुति गर्नुभयो । हामी त निरिह हो, हाम्रो भूमिका खालि सिफारिस मात्र गराउने भएको छ । भन्ने कुरा आयो । सबैले जीवनमा एउटा एटिट्युड चाँही राख्नुपर्छ है । नेपालमा धेरै आयोगहरु छन् । किन महिला आयोग मात्र निरिह ?’

नेकपा (एमाले)की सांसद एशुदाकुमारी बरालले वैदेशिक रोजगारीमा जाने महिलामध्ये ठूलो संख्या हिंसामा पर्ने र केही गर्भवती भएर स्वदेश फर्किने गरेको पाइएको भन्दै महिला आयोगको ध्यानाकर्षण गराउनु भयो । उहाँले वैदेशिक रोजगारमाी जाने महिलामाथिका हिंसासम्बन्धी उजुरीमा समेत आयोगले हस्तक्षेप गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले भूगोलअनुसार महिलामाथि हुने हिंसाका प्रकृति फरक रहेको भन्दै यसको समाधानबारे आयोग र समितिको ध्यानाकर्षण समेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारीमा जाने ९० प्रतिशत महिला हिंसामा पर्ने र १० प्रतिशत महिला गर्भवती भएर स्वदेश फर्किनुपर्ने स्थिति छ । यस विषयका उजुरीहरु महिला आयोगमा कति आएको छ । यस विषयमा महिला आयोगले गम्भीर रुपमा ध्यान दिनुपर्छ  कि जस्तो लागेको छ । अर्को कुरा, कर्णाली र सुदूरपश्चिममा बालविवाहका जुन समस्याहरु छन् । बालबालिका एकआपसमा प्रेममा परेर भागेर बिहे गर्ने र पछि बालिकाको परिवारबाट उजरी परेपछि धेरै जना बालबालिका यो विषयबाट पीडित रहेका छन् । यो विषय महिला समिति र महिला आयोगको समेत सम्बन्धीत विषय भएको कारणले यस विषयको समाधान खोज्नुपर्ने आवश्यकता छ ।’

रास्वपा सांसद ज्ञानु पौड्यालले महिला तथा बालअधिकारसम्बन्धी आयोगले गरेका सिफारिस कार्यान्वयनको अवस्थाकबारे अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लुम्बिनी प्रदेशले तयार गरेको लैंगिक समानता नीति एक वर्ष बितिसक्दा पनि स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयनमा नपुगेको उल्लेख गर्दै कानुन निर्माण र कार्यान्वयनबीचको अन्तर हटाउन सबै पक्षले ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महिला आयोगले बालबालिका तथा महिला अधिकारको विषयमा सिफारिस गर्नुका साथै त्यसको फलोअप पनि जरुरी छ । लैंगिक समानता नीति बनाएको छ नि । लुम्बिनी प्रदेशले लगिक समानता नीति बनाउँदा म पनि त्यो परामर्शमा थिएँ । त्यो लुम्बिनी प्रदेशले बनाएको एक वर्ष भइसक्यो । तर अझै पनि पालिकासम्म त्यो पुगेको छैन । त्यसो हो भने ऐन बनेर के गर्ने त ? यदि कानून र ऐनको कार्यान्वयनमै ग्याप छ भने हामीले कसका लागि ऐन बनाउने ? यो कुरामा हामी सबैको ध्यान जान जरुरी छ ।’

बैठकमा बोल्ने अधिकांश सांसदहरुले आयोगको  काम कारबाहीलाई अझै सशक्त बनाउनुपर्नेमा जोड दिए । –न्युज एजेन्सी नेपाल