१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड

बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड
अ अ+ अ-

काठमाडौँ। संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मुलुकका औद्योगिक क्षेत्रहरूको विद्यमान अवस्था र समस्या पहिचानका लागि स्थलगत अनुगमन शुरु गरेको छ ।

समितिका सभापति रहबर अन्सारीको नेतृत्वमा रहेको टोलीले मंगलवार काठमाडौंस्थित बालाजु र पाटन औद्योगिक क्षेत्रको अनुगमन गरेको हो । अनुगमनका क्रममा समितिले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका पदाधिकारीहरूसँग ब्रिफिङ लिनुका साथै विभिन्न उद्योगहरूको प्रत्यक्ष निरीक्षण गरेको थियो । टोलीले बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित नेबिको बिस्कुट, बोटलर्स नेपाल (कोका–कोला) र गोल्डस्टार जुत्ता उद्योगको अवस्थाबारे जानकारी लिएको हो ।

अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति अन्सारीले औद्योगिक क्षेत्रका पूर्वाधारहरू जीर्ण र पुराना भइसकेको बताउनु भयो । नीतिगत र कानूनी अस्पष्टताका कारण पुराना संरचना भत्काएर नयाँ निर्माण गर्न नसकिने अवस्था रहेको उहाँको भनाइ छ । उद्योगहरूले जग्गा, बिजुली र पानीबाहेक राज्यबाट पाउनुपर्ने आवश्यक प्राविधिक र अन्य सहयोगमा समेत निकै कमी देखिएको समितिले निष्कर्ष निकालेको छ । अनुगमन टोलीले उद्योगमा कार्यरत मजदुरहरूको कार्यस्थितिबारे पनि चासो व्यक्त गरेको छ । कतिपय उद्योगहरूमा कार्यस्थलको वातावरण अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएको, साँघुरो स्थानमा धेरै कामदारले काम गर्नुपरेको र उचित मेसको व्यवस्था नभएको पाइएको सभापति अन्सारीले बताउनु भयो ।

यस्तै, खाद्य उद्योगहरूको अनुगमनका क्रममा उत्पादन प्रक्रियामा स्वच्छता (हाइजिन) को मापदण्ड पालनामा केही कमजोरी देखिएको सभापति अन्सारीले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘खाद्य उत्पादन हुने संवेदनशील स्थानमा समेत कडा अनुशासन र सरसफाइको मापदण्ड पालना भएको पाइएन । हाम्रा उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन उच्च स्तरको स्वच्छता र प्रमाणीकरण आवश्यक छ ।’

केही उद्योगहरूले गरेका सकारात्मक कार्यको पनि समितिले प्रशंसा गरेको छ । विशेषगरी बोटलर्स नेपालले पानी प्रशोधन गरी पुनः प्रयोग गर्ने गरेको अभ्यास उदाहरणीय रहेको सभापति अन्सारीले बताउनु भयो । समितिले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई थप अधिकारसम्पन्न बनाउन र उद्यमीहरूको मनोबल बढाउन आवश्यक नीतिगत पहल गर्ने प्रतिवद्धता जनाएको छ । यो अनुगमन शुरुवात मात्र भएको उल्लेख गर्दै सभापति अन्सारीले आगामी दिनमा उद्योगी, व्यवस्थापन पक्ष र राज्यका निकायबीच समन्वय गरी ठोस कदम चालिने बताउनु भयो ।

औद्योगिक क्षेत्रको सुधारमार्फत कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सकारात्मक योगदान पु¥याउने उद्देश्यका साथ समितिले आफ्ना गतिविधि अगाडि बढाउने उहाँको भनाइ छ ।–न्युज एजेन्सी नेपाल