२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाराजगञ्ज मेडिकल कलेजमा स्ववियुको तालाबन्दीपछि पठनपाठन बन्द



अ+ अ-

काठमाडौँ । महाराजगञ्ज मेडिकल कलेजमा स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न माग राखेर तालाबन्दी गरेपछि पठनपाठन बन्द गरिएको छ ।

क्याम्पस प्रमुख प्राडा अर्जुनप्रसाद लामिछानेले विज्ञप्ती जारी गर्दै विभागीय प्रमुखहरूको बैठकपछि पठनपाठन बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । यसबारे चिकित्साशास्त्र अध्ययन संस्थान डीनको कार्यालयलाई समेत जानकारी गराएको छ ।

साउन ८ गतेदेखि स्ववियुले तालाबन्दी गरेको भन्दै यस्तो अवस्थामा पठनपाठन गराउन नसकिने विज्ञप्तीमा उल्लेख गरेको छ । विभागीय प्रमुखहरूको बैठकले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले कुनै तरिकाले गल्ती गरी अनुगमन तथा अनुशासन समितिले छानविन गरी कारवाही गर्ने सिफारिस गरेमा सोको कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै क्याम्पसमा विद्यार्थीले कुनै पनि बहानामा तालाबन्दी गरेमा सो अवधिमा सम्पूर्ण शैक्षिक कार्यक्रमहरू बन्द गर्ने निर्णय गरेको छ। क्याम्पस तालाबन्दी भएको अवधिमा यूजीका सम्पूर्ण प्रयोगात्मक परीक्षाहरू बन्द गर्ने समेत निर्णय गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विद्यार्थीले तालाबन्दी गरेको खण्डमा जतिदिन तालाबन्दी गरिएको हो, यूजीका परीक्षा समेत त्यक्तिकै दिन पछाडि सार्न बैठकले परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालयमा सिफारिस समेत गरेको छ ।

स्ववियुले क्याम्पस प्रमुखको कार्यालय, सामान्य प्रशासन शाखा, आर्थिक शाखामा तालाबन्दी गर्दै आएको छ ।