२३ असार २०८३, मंगलवार
,
Latest
दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामारीमा उद्धार गर्दै पर्यटन बोर्ड



अ+ अ-

काठमाडौं । नेपाल पर्यटन बोर्डले कोभिड–१९ महामारी नियन्त्रणका लागि मुलुकमा जारी निषेधाज्ञाका क्रममा नेपालका विभिन्न स्थानमा अड्किएका विदेशी नागरिकको उद्धार तथा समन्वयको काम गरिरहेको छ । विपद् व्यवस्थापन तथा सञ्चार सेल गठन गरी बोर्डले मुलुकका विभिन्न भागमा रहेका पर्यटकको, उद्धार तथा समन्वयका साथै नेपाल भारत एयर बबल सम्झौता अनुरूप नेपाल आउने भारतीय यात्रुहरूको होटल क्वारेन्टाइन व्यवस्थापन र अनुगमनलगायत काममा सहजिकरण गरिरहेको छ ।

बोर्डले ‘ट्राभल लोकेटर’ मार्फत विदेशी नागरिकको विवरण सङ्कलन गरिरहेको छ । पर्यटकीय क्षेत्र तथा विभिन्न स्थानमा रहेका विदेशी नागरिकलाई सूचित गरी अनलाइन फारममार्फत विवरण सङ्कलन गरिरहेको छ । यसरी सङ्कलित विवरण सम्बन्धित मुलुकको दूतावासलाई जानकारी गराउने तथा दूतावासले मागेको खण्डमा पर्यटकको विवरण दिने गरेको बोर्डका निर्देशक मणि लामिछाने जानकारी दिनुभयो । उहाँका अनुसार यसबाट पर्यटक नेपालका कुन–कुन स्थानमा छन् भनेर लोकेसन पत्ता लगाउने र सोही आधारमा सम्बन्धित निकायलाई सूचित गरिएको छ । 

बोर्डले सञ्चालन गरेको ट्राभल लोकेटर हालसम्म ४४८ विदेशी नागरिक दर्ता छन् । उनीहरूमध्ये अमेरिकन ८२, भारतीय ५८, रसियन ३७, वेलायती २९, जर्मन २७, युक्रेनी २२, पाकिस्तानी १९, बङ्गालाी १४ नागरिक छन् । त्यस्तै स्पेनी १४, स्वीस १२, क्यानेडियन नौ, नेदरल्याण्डका सात, रोमानियाका छ स्लोभाकियाका पाँच, बेलारुसका चार, अष्ट्रेलियाली र जापानी दुई नागरिक छन् ।

बोर्डले होटल क्वारेन्टिको व्यवस्थापनलागको विवरण तथा अन्य सम्बन्धित सूचना पनि उपलब्ध गराइएको र यसबाट पर्यटकले आफैँ पनि सेवा लिनसक्ने जनाएको छ । बोर्डले अहिले एयर बबल सम्झौताअनुसार नेपालमा आउने भारतीय नागरिक कुन होटलमा रहेका छन्, उनीहरूको अवस्था तथा दैनिक तीन पटकको तापक्रम परीक्षण गरेर मन्त्रालयलगायत सम्बन्धित निकायलाई जानकारी गराइने गरेको निर्देशक लामिछानेले बताउनुभयो । विदेशीलाई घर फर्काउन काठमाडौँ बाहिरका विभिन्न स्थानमा रहेका विदेशीलाई उद्धार गरी काठमाडौँ ल्याएर स्वदेश फर्किन सहजिकरण गरिरहेको छ । अहिले विभिन्न मुलुकले नेपालमा अड्किएका नागरिकलाई चार्टर्ड उडानमार्फत घर फर्काइरहेका छन् ।

कोभिड–१९ महामारीको दोस्रो चरणको सङ्क्रमण बढ्दै जाँदा सरकारले गत वैशाख १६ देखि राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको थियो । गृह मन्त्रालयको समन्वयमा बोर्डले देशका विभिन्न भागबाट पर्यटकको उद्धार गरी काठमाडौँ ल्याउने काम गरेको छ । यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको गत वैशाख २१ को निर्णयअनुसार बोर्डले हवाई यात्रुको होटल क्यारेन्टिाइन मापदण्ड तयार गरी मन्त्रालयबाट सूचिकृत होटहरूसँग सम्पर्क र समन्ववय गरी सहजिकरण गरेको छ ।