२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

‘भूकम्प आएपछि सुतेकै बेला घरले थिचेछ’

‘भूकम्प आएपछि सुतेकै बेला घरले थिचेछ’
अ अ+ अ-

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मु घर भई हाल बेँसीशहर नगरपालिका–६ चनौटेमा बस्दै आउनुभएका ३६ वर्षीय उमा गुरुङ आफ्नो घरको पालिमा बनाइएको एक कोठामा छोरी श्रृतीसित सुत्ने गर्नुहुन्छ । 

उमा सँधै बिहान उठेर घरधन्दा गर्नुहुन्थ्यो तर बुधबार बिहान अवेरसम्म सुतिरहनुभयो । घरमा भएको उमाकी आमा उठेर घरधन्दा गर्न लाग्नुभयो । छोरी श्रृती भने मनिङवाकमा  जानुभयो । उमा भने मस्त निन्द्रमै हुनुहुन्थ्यो । 

छोरी निस्किएको एक मिनेटमै अर्थात् ५ बजेर ४२ मिनेटमा लमजुङ मस्र्याङ्दी गाउँपालिका–८ भुलभुले केन्द्रबिन्दू बनाएर ५ दशमलव ८ रेक्टरको भूकम्प गयो । निन्द्रमै भएकी उमालाई घरको पुतली गाह्रो भत्किएर ढुंगामाटा हित खस्दा पालिमा रहेका जस्तापाता र ढुंगामाटाले पुर्यो । ‘‘शरीर पुरिनै लाग्दा बल्ल थाहा पाएछु ।’’ उहाँले रासससँग भन्नुभयो, ‘‘एकछिन त आत्तिएँ । मुखैभरी माटाले भरिएको थियो । बोल्न त के श्वास फेर्न पनि सकिएन । विस्तारै हातले अनुहारको केही माटा हटाउन सके अनि अल्लि बोल्न भयो । अब त मर्ने भएँ  । म परेपछि मेरा सन्तान के गर्लान् भन्ने पीर लाग्यो । त्यसपछि झन् आत्तिएँ ।’’ उहाँले  छिटो मलाई उद्धार गर भनेर चिच्याएपछि स्थानीयवासी छोराछोरी आएर उद्धार गरेका थिए, ‘‘ठूलो दशाग्रह लागेको रहेछ तर भाग्य बलियो भएर बाँचे’’ उमाले  भन्नुभयो । उहाँको पाँच जनाको परिवार छ । सो दिन उमाका श्रीमान कामको शिलशिलामा मनाङ जाने भनेर चाँडै उठेर जीप चलाएर सामानसहित मनाङतर्फ जाँदै हुनुहुन्थ्यो । सोही भूकम्प गएको केन्द्रबिन्दू आसपासमा पुग्दै गर्दा श्रीमती घाइते भएको खबर आएपछि जीप साथीलाई चलाउन दिएर फर्किएको उहाँले बताउनुभयो । आमाले भूकम्प आएको थाहा पाउना साथ उमालाई भन्दा उमाको जेठी छोरी सुतिरहेकाले भित्र उठाउन गएको र छोरीलाई पनि सो घटना हुनबाट बचाउन सफल हुनुभएको थियो । उमा उपचारपछि अहिले अस्पतालबाट घर फर्कनुभएको छ । 

उमा यतिबेला उहाँ घर नजिकै सानो बाँसले बारेको कटेजमा बस्दै आराम गरिरहनुभएको छ । उक्त भूकम्पले उहाँ मात्र नभई जिल्लाका पाँच जना घाइते भए । दुई सयभन्दा बढी घरमा क्षति पुग्दा सयौँ स्थानीय मर्कामा परेका छन् ।