८ भाद्र २०८३, सोमबार
,
Latest
‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोडौँः सांसदहरु विशेष महाधिवेशन पक्षधरले भ्रमको खेती फैलाए : कांग्रेस नेता खड्का हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ल्यापटपमा घण्टौं काम गर्नुहुन्छ भने ‘ड्राई आई सिन्ड्रोम’को समस्या हुनसक्छ



अ+ अ-

एजेन्सी । पछिल्लो समय ड्राई आई सिन्ड्रोमका धेरै केसहरु आइरहेका छन् । यो रोग लागेमा मानिसको आँखाको पानी सुक्छ । जसका कारण निकै समस्या उत्पन्न हुन्छ । मोबाइल, ल्यापटप, टिभीमा लगातार हेर्नाको कारणले आजकल आँखा सम्बन्धी धेरै समस्या बढ्दै गएको छ । जसमा ड्राई आई सिन्ड्रोम मुख्य हो ।

ड्राई आई सिन्ड्रोममा आँखाको पानी धेरै छिटो वाफ हुन्छ वा आँखाले धेरै कम पानी पैदा गर्न सक्छ । यो समस्या दुबै आँखामा हुन सक्छ । यसका कारण टाउको दुख्ने, घाँटी दुख्ने, आँखा धमिलो हुने, जलन हुने, आँखा रातो हुने जस्ता लक्षण देखिन थाल्छन् ।

ड्राई आई सिन्ड्रोमबाट बच्न, तपाईंले आफ्नो आहारमा केही खानेकुराहरू समावेश गर्न सक्नुहुन्छ । जसले तपाईको आँखालाई हाइड्रेटेड राख्छ ।

ओमेगा–३ फ्याटी एसिड
ड्राई आई सिन्ड्रोमबाट जोगाउन, तपाईंले आफ्नो आहारमा ओमेगा–३ फ्याटी एसिड भएका खानेकुराहरू समावेश गर्नुपर्छ । यो पोषक तत्वले आँखाको सुख्खापन र जलन कम गर्छ । ओमेगा–३ फ्याटी एसिडले विशेष गरी तपाईंको परेला वा तपाईंको आँखाको सतहमा सुन्निन कम गर्छ । साथै, यसले आँखामा रहेको पानीलाई राम्रोसँग काम गर्न मद्दत गर्छ । ओमेगा–३ फ्याटी एसिड टुना माछा, साल्मन माछा, काजु, ओखर, कद्दूको बीउ, फ्ल्याक्ससीड, हरियो पातदार तरकारी आदिमा प्रचुर मात्रामा पाइन्छ ।

एन्टिअक्सिडेन्ट
एन्टिअक्सिडेन्टले आँखाको रोग निको पार्न र आँखाको मांसपेशीलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले एन्टिअक्सिडेन्टको मात्रा बढी भएको खानेकुरा खानुहोस् । जस्तै जामुन, हरियो तरकारी, ब्रोकाउली, पालक आदि ।

भिटामिन ई
भिटामिन–ई आँखाको लागि धेरै महत्त्वपूर्ण छ । यसले आँखाको कोशिकालाई हुने क्षतिलाई रोक्छ । त्यसैले भिटामिन ई युक्त खानेकुराको सेवनले आँखाको ज्योति बढाउँछ । यसका साथै आँखा सुख्खा हुनबाट पनि बचाउँछ । त्यसैले तपाईंले आफ्नो आहारमा बदाम, ओखर आदि समावेश गर्नुपर्छ ।