२३ असार २०८३, मंगलवार
,
Latest
दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमका १९ हजार २८५ सङ्क्रमित निको भए



अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएर घर फर्कीएका छन् । प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेभन्दा सङ्क्रमित हुने दर बढी देखिएको छ । कैलालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमित रहेका छन् । 

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार कैलालीका १३ हजार ५८४ सङ्क्रमितमध्ये आठ हजार ५४६ जना मुक्त भएका छन् । यो सङ्ख्या कैलालीका कूल सङ्क्रमित सङ्ख्याको झण्डै ६३ प्रतिशत हो । यहाँका अन्य पहाडी जिल्लाहरू अछाममा एक हजार ९०१, बैतडीमा ९२६, बझाङ एक हजार ५७ र बाजुरामा ६२४ सङ्क्रमित निको भएका छन् ।
 
यसैगरी कोरोना सङ्क्रमण मुक्त हुनेमा डडेल्धुराका ८७६, दार्चुलाका ४०४, डोटीमा एक हजार ६३३ र कञ्चनपुरमा तीन हजार २५३ जना छन् । निर्देशनालयका अनुसार सुदूरपश्चिममा अझै ११ हजार ४४० सक्रिय सङ्क्रमितहरू छन् । कैलालीमा चार हजार ९१३, अछाममा ७८६, बैतडीमा ९६७, बझाङमा ९४१, बाजुरामा २२७ जना सक्रिय सङ्क्रमित छन् । डडेल्धुरामा ५१४, दार्चुलामा २९५, डोटीमा ५५९ र कञ्चनपुरमा दुई हजार २२० सक्रिय सङ्क्रमित छन् ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख ९९ हजारको परीक्षण गर्दा ३१ हजार २०० मा कोरोना सङ्क्रमण देखिएको थियो । यो सङ्ख्या परीक्षण गरिएका कूल सङ्ख्याको १५।५७ प्रतिशत हुन आएको निर्देशनालयका निर्देशक डा गणराज अवस्थीले जानकारी दिनुभयो । दोस्रो चरणमा सङ्क्रमितलाई समयमै अस्पताल पु¥याउन नसक्दा तथा अक्सिजन नपाएका कारण बचाउन सकिएको छैन । स्वास्थ्य निर्देशक डा अवस्थीका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ३९७ जनाले ज्यान गुमाएका छन् ।