• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान

कांग्रेस पदाधिकारी बैठक बस्दै



काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक कांग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा विहान ९ बजेपछि बस्नेछ । प्रधानमन्त्री पद खाली नभइ राष्ट्रपतिले नयाँ सरकार गठनका लागि सीमित समय दिएर आह्वान गरेपछि प्रतिपक्ष दल काँग्रेस पदाधिकारी बैठक बस्न लागेको हो । 

हिजो (बिहिबार) साँझ राष्ट्रपति कार्यालयबाट नयाँ सरकार गठनका लागि सीमित समय दिएर आह्वान भएलगत्तै सभापति देउवाले कांग्रेसको आकस्मिक बैठक बोलाएका हुन् । यता प्रधानमन्त्रीले विश्वासको मत नलिईरराजीनामा नदिई संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकारको आह्वान राष्ट्रपतिबाट भएको हो। त्यसैले संविधानअनुसार राष्ट्रपति अगाडि नबढेकोमा कांग्रेसले विरोध गरेको छ। त्यस्तै राष्ट्रपति संविधानअनुसार अगाडि नबढेकोले महाअभियोग लगाउनुपर्ने आवाज कांग्रेसभित्र उठेको छ। नयाँ सरकार बनाउन र राष्ट्रपतिविरूद्ध महाअभियोग लगाउन कांग्रेस नेता गगन थापाले माग गरेका छन्।

आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको निर्णयबारे आधिकारिक धारण बनाउनेछ । बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय दलका अधिकारी र केहि प्रभावशाली नेताहरुलाई पनि आमन्त्रण गरिएको छ ।