• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानरपालिकाको अवरोध



काठमाडौँ । सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं. ३२ स्थित शंखमुल घाटमा स्थानीयले गरेकका ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौं महानगरपालिकाले अवरोध गरेको हो ।

स्थानियले सो स्थानमा श्रावण १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन् । महानगरपालिकासँग अनुमति नलिइ अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको टोलीले मंगलवार अनुष्ठान बन्द गर्न आग्रह गरेको हो । पार्कमा हिड्न नपाएको भन्ने जनगुनासो आएको र वडाको स्वीकृती समेत नलिइ गरिएको भन्दै नगरप्रहरी प्रमुख पाण्डेले वडाको स्वीकृति लिएर मात्रै गर्न आग्रह गर्नुभयो । उहाँले यस्ता कार्यक्रम धार्मिकस्थलमा मात्रै गर्न अनुरोध गर्नुभयो । यता स्थानीयले भने सो स्थल धार्मिक स्थल नै भएकाले आफुहरुले महोत्सव गरेको बताएका थिए ।

नगरप्रहरी र स्थानीयका बिचमा केहीबेर भनाभन समेत भएको थियो । आफूहरुले लिखित रुपमा अनुमति लिएर भएपनि अनुष्ठान सञ्चालन गर्ने तर नरोक्ने स्थानीयले बताएका छन् ।