९ श्रावण २०८३, शनिबार
,
Latest
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम गाभीले नेपालसँग ३ लाख डलर फिर्ता नमाग्ने सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन ‘पेशागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो’: प्रहरी महानिरीक्षक कार्की नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक दाहाल कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल ब्राउन सुगरसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खराब समय चलिरहेको छ भने पर्समा राख्नुहोस् यी ३ चिज



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । कामअनुसार पारिश्रमिक नपाएको गुनासो धेरैले गर्छन् । भाग्यमा केही न केही बाधा आउँछ । कतिपयको भने सबै कुरामा शंका हुन्छ ।

केही नराम्रो होला कि भन्ने डर हुन्छ । यस नकारात्मक सोच (नकारात्मक ऊर्जा)को कारणले तिनीहरू आफ्नो आत्मविश्वास गुमाउँछन् । तर, के तपाईलाई थाहा छ पर्समा राखिएका साना–साना कुरा यस्ता समस्याको समाधान बन्न सक्छन् ।

ट्यारो विशेषज्ञ लोपामुद्रा गोगाईले पर्समा राख्नु पर्ने तीन कुरा बताएका छन् । यस्तै, सिरानीमा राख्नु पर्ने एउटा यस्तो कुरा पनि बताएका छन् ।

अलैंची
ट्यारो रिडरका अनुसार पर्समा कम्तीमा पाँच वटा अलैंची राख्नुपर्छ । लोपामुद्रा गोगोईका अनुसार यसो गर्दा पैसा आकर्षित हुन्छ ।

ल्वाङ्ग
यदि तपाई नकारात्मक उर्जाको शिकार हुनुहुन्छ भने कम्तिमा ९ वटा ल्वाङ्ग आफ्नो पर्समा राख्नुपर्छ । लोपामुद्रा गोगोईको टिप्स अनुसार यसो गर्दा तपाई नकारात्मक उर्जाबाट टाढा रहनुहुन्छ ।

दालचीनी
पर्समा दालचीनी राख्नुहोस् । यस कारणले गर्दा तपाईले व्यापार र जागिरसँग सम्बन्धित राम्रो विकल्पहरू प्राप्त गर्न मद्दत मिल्छ ।

सुप


तपाईंले एउटा सानो बन्डल बनाउनु पर्छ र यसलाई सुपको बीउले भरेर राख्नु पर्छ । तर यो बन्डल आफ्नो पर्समा नराख्नुहोस् । लोपामुद्रा गोगोईका अनुसार सुत्नुअघि यसलाई आफ्नो सिरानीमा राख्नुपर्छ । यसो गर्नाले निन्द्रा एकदमै राम्रो हुन्छ र नराम्रो सपना पनि टाढा रहन्छ ।