९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

घट्न थाल्यो कुखुराको मासुको मूल्य



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । बजारमा कुखुराको मासुको खपत घटेसँगै मूल्य पनि घट्न थालेको छ । एक महिनाअघि प्रतिकेजी ४ सय ५० रुपैयाँ रहेको मासुको मूल्य अहिले केजीमा एक सय रुपैयाँभन्दा बढी घटेको हो । अहिले बजारमा प्रतिकिलो ३३० देखि ३४० रुपैयाँमा झरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गरिएको निषेधाज्ञासँगै बजारमा मासुको खपत घट्दै गएको हो । खपत घटेसँगै मूल्य पनि घटेको छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ नेपालका अध्यक्ष जंगबहादुर बिसीले निषेधाज्ञासँगै बजारमा कुखुराको मासुको मूल्य घटेर ३ सय ४० रुपैयाँमा झरेको बताए । कोरोना संक्रमण बढ्दै गएपछि मासुको खपत घटेपछि मूल्य पनि घट्दै गएको उनको भनाइ छ । कोभिडका कारण होटेल रेस्टुराँ बन्द भएको र उपभोग नै कम हुन थालेपछि मासुको खपत घट्दै गएको हो ।

संघका अनुसार सामान्य अवस्थामा दैनिक ३ लाखदेखि साढे ३ लाख किलो मासु खपत हुने उपत्यकामा हाल ८० देखि ९० हजार किलोमात्रै खपत भइरहेको छ । कोरोना संक्रमण नियन्त्रण गर्नका लागि १६ वैशाखदेखि उपत्यकामा निषेधाज्ञा भएको थियो । उपत्यकामा सञ्चालित ठूला होटलदेखि रेस्टुराँ बन्द भएसँगै खपतमा पनि ठूलो गिरावट आएको छ । मासु पसल बिहान १० बजेसम्म मात्र खुला हुने भएकाले पनि खपत घट्दै गएको व्यवसायीको भनाइ छ ।

संघले गत महिनामात्रै कुखुराको मासुको मूल्य हालसम्म्मकै उच्च तोकेको थियो । कुखुराको दानाको मूल्य, चल्लाको मूल्य तथा प्यारेन्टको कमीका कारण मूल्य बढेको जनाउँदै आएको संघले कोरोना महामारी फैलिएसँगै भने मासुको मूल्य घटाइरहेको छ । संघका अनुसार बजारमा उत्पादन बढी र सोहीअनुसार खपत कम भएपछि यसको मूल्य बाध्यतावस घटाउनु परेको हो ।

गत वर्षको कहरसँगै नेपालमा कुखुराको चल्लाको प्यारेन्ट अभाव भएपछि चल्लाको मूल्य एकाएक अकासिएको व्यवसायीहरूले बताउँदै आएका थिए । त्यही आधारमा उनीहरूले मासुको मूल्य पनि बढाएका थिए । कोभिडका कारण अघिल्लो वर्ष आधाले मासुको मूल्य घटेको थियो ।

यसैबीच, कोभिडका कारण खसीको मासुको खपत पनि ह्वात्तै घटेकाले मूल्यसमेत घटेको छ । कोभिडअघि प्रतिकेजी १४ सय रुपैयाँ रहेको खसीबोकाको मासु अहिले घटेर १३ सय रुपैयाँमा झरेको छ । बजारमै खपत घटेकाले मूल्य पनि घटेको व्यवसायीको भनाइ छ । सामान्य अवस्थामा उपत्यकामा दैनिक ७ देखि ८ सय संख्यामा खसीबोका खपत हुने गरेकोमा अहिले ह्वात्तै घटेको व्यवसायी दिपक थापाले जानकारी दिए । यो समाचार कारोबार दैनिकमा छ ।