२३ असार २०८३, मंगलवार
,
Latest
दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज शुक्रबारको मौसमः यी स्थानमा भारी वर्षा हुने



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखा अनुसार आज भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ताउ-ते “TaukTae”  थप कमजोर भई न्यूनचापीय क्षेत्रका रुपमा रहेकोले आज पनि वर्षाको सम्भावना रहेको छ । आज बिहान देशभर सामान्य बदली भइरहेको र देशका केही स्थानहरुमा राती वर्षा समेत भएको महाशाखाले जारी गरेको मौसम पूर्वानुमानमा उल्लेख छ । यसैगरी, आज दिउँसो देशभर आंशिकदेखि सामान्य  बदली रहनेछ । 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, वाग्मती प्रदेश र प्रदेश न १ का केही स्थानहरु र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश न २ का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश न २ र प्रदेश न १ का एकरदुई​ स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै, आज राति  प्रदेश १ र प्रदेश २ लगायत देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य  बदली र अन्य भूभागमा सामान्यतया सफा रहनेछ । यता, प्रदेश १ र प्रदेश २ लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका एकरदुई स्थानमा राति मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।