• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

नेपाली काँग्रेसको विकल्प अरु हुन सक्दैन, एक भएर अघि बढौँः शशांक कोईराला



काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले नेपाली काँग्रेसको विकल्प अरु हुन नसक्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने भन्दै अहिलेको आवश्यकता एकतावद्ध काँग्रेस हुनु रहेको बताउनु भयो । उहाँले आफूले आयोजना गरेको चियापान समारोह काँग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टी एक भएको छ, यो पार्टी एक भएको खण्डमा नेपाली काँग्रेसले धेरै ठूलो परिवर्तन ल्याउन सक्छ । हामी एकतावद्ध भएर हिँड्नुपर्छ भनेर हामी भेला भएको हो । ५ दिन छलफल भयो, एक किसिमले रिल्याक्स गर्न पनि हो । भाइचाराको सम्बन्ध स्थापित गर्न चियापान आयोजना गरेको हो । आउँदो दिनमा कता जाने हो ? त्यो तय गर्नुपर्छ । नेपाली काँग्रेसको विकल्प अरु छैनन् नेपाली काँग्रेस नै हो । भविष्य नेपाली काँग्रेससँग छ । हामी एक भयौँ भने नेपाली काँग्रेसलाई कसैले हराउन सक्दैन । त्यसैले एक भएर जाऔँ ।’

नेता कोईरालाले नेपाली काँग्रेस एक हुनसके कसैले हराउन नसक्ने बताउनु भयो ।