१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनको भेटवार्ता



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन च्याचिनले भेटवार्ता गर्नुभएको छ ।

आज बिहान च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका पोलिटब्युरो सदस्य युआनले ओलीसँग भेटवार्ता गर्नुभएको हो ।

भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको बताइएको छ ।

यही साउन ७ गते चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन काठमाडौँ आउनुभएको हो । उहाँले इटाली भ्रमणमा रहनुभएका रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल सम्वाद गर्नुभएको थियो ।

तीन दिने भ्रमणका क्रममा युआनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कालगायतसँग भेटवार्ता गर्नुभएको थियो ।