१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ भिमगिठेका वरिष्ठ सई झुन्डिएको अवस्थामा मृत भेटिए



अ+ अ-

काठमाडौँ । बागलुङको एक होटलमा वरिष्ठ प्रहरी नायव निरीक्षक (सई) मृत फेला परेका छन् ।

बडिगाड गाउँपालिका–६ स्थित आशा होटलको तल्लो तलामा इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ सई उज्ज्वल पौडेल मृत अवस्थामा भेटिएको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताइन् ।

पर्दाको पासो लगाएको अवस्थामा पौडेल मृत भेटिएका हुन् । प्रहरीले अनुसन्धानका लागी होटल संचालिका र छोरालाई नियन्त्रणमा लिएको छ ।

मृतक सई पौडेल पर्वतका स्थानीय हुन् । घटना सोमबार राति साढे १२ बजे भएको बताइएको छ ।