काठमाडौं । जनता समाजवादी पार्टी (जसपा ) संसदीय दलको बैठक बस्दैछ । केही बेर पछि बस्नेसमेत बैठकले सरकारलाई दिने समर्थनबारे औपचारिक निर्णय गर्ने एक नेताले जानकारी दिए । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले बोलाएको बैठकमा अर्कानेता उपेन्द्र यादव समूह भने सहभागी नहुने भएको छ ।
ठाकुर निकट नेताका अनुसार आजको बैठक मा १९ सांसद सहभागी हुने र ओली सरकारलाई नै समर्थन गर्ने तयारी भै रहेको छ । साथै ९ ओटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने तयारी ठाकुर महतो पक्षले गरेको ती नेताले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो- 'सम्भवत राजेन्द्र महतो वा सरदशिह भण्डारीको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी छ ।'