७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । बैठक कांग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसिरहेको छ । प्रधानमन्त्री पद खाली नभइ राष्ट्रपतिले नयाँ सरकार गठनका लागि सीमित समय दिएर आह्वान गरेपछि प्रतिपक्ष दल काँग्रेस पदाधिकारी बैठक बसेको हो । 

हिजो (बिहिबार) साँझ राष्ट्रपति कार्यालयबाट नयाँ सरकार गठनका लागि सीमित समय दिएर आह्वान भएलगत्तै सभापति देउवाले कांग्रेसको आकस्मिक बैठक बोलाएका हुन् । यता प्रधानमन्त्रीले विश्वासको मत नलिईरराजीनामा नदिई संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकारको आह्वान राष्ट्रपतिबाट भएको हो। त्यसैले संविधानअनुसार राष्ट्रपति अगाडि नबढेकोमा कांग्रेसले विरोध गरेको छ। त्यस्तै राष्ट्रपति संविधानअनुसार अगाडि नबढेकोले महाअभियोग लगाउनुपर्ने आवाज कांग्रेसभित्र उठेको छ। नयाँ सरकार बनाउन र राष्ट्रपतिविरूद्ध महाअभियोग लगाउन कांग्रेस नेता गगन थापाले माग गरेका छन्।

आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको निर्णयबारे आधिकारिक धारण बनाउनेछ । बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय दलका अधिकारी र केहि प्रभावशाली नेताहरु पनि सहभागी छन् ।